लालितपुरमा ३५ महिलाले लिए आत्मरक्षा तालिम

‘यस्ता तालिमले नारीहरुको आत्मविश्वासलाई बढवा दिन अझ मद्धत पुग्नेछ ।’

ललितपुर । लालितपुर महानगरमा २५ दिने आत्मरक्षा तालिममा ३५ जना महिलाले प्रशिक्षण लिएका छन् ।्

वूडभिल्ला स्कुल परिसरमा २५ दिने आत्मरक्षा तालिममा समापन कार्यक्रममा प्रमुख अतिथी ललितपुर(५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले प्रमाण पत्र वितरण गरे ।

प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले स्थानिय स्तरमा नारीहरुलाई आत्म रक्षा तालिम दिइनु स्वागत योग्य रहेको बताए । उनले भने, ‘यस्ता तालिमले नारीहरुको आत्मविश्वासलाई बढवा दिन अझ मद्धत पुग्नेछ ।’

कार्यक्रममा आयोजक श्री महालक्ष्मी टोल बिकास संस्थाका अध्यक्ष रमेश शाक्य र सह आयोजक संस्था थसिखेल महिला समुहका अध्यक्ष वसन्ती रिजालले आत्म रक्षा तालिममा ३५ जना नारीको सहभागिता रहेको बताउदै उक्त तालिमको आयोजनाले नारीहरुलाई आत्मबल प्रदान गरेको बताएका छन् । 

ललितपुर महानगर–५ को सहयोग, श्री महालक्ष्मी टोल बिकास संस्थाको आयोजना र थसिखेल महिला समुहको सह आयोजनामा सम्पन्न २५ दिने आत्मरक्षा तालिम सम्पन्न भएको हो ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा