शनिबार, ४ फाल्गुण, २०७५ Saturday, 16 February, 2019

'राहुल गान्धी झुटको नायक' 

गान्धीले अरुलाई जे जस्ता आरोपहरु लगाउदै आएका छन् ती सवै झुट र अस्विकार्य भएको चौहानको भनाई छ । 
फाइल फाेटाे एजेन्सी

भडोडारा, भारत । भारतको मध्य प्रदेशका पूर्व मुख्यमन्त्री शिवराज सिंह चौहानले भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी झुटको नायक भएको आरोप लगाएका छन् ।

गान्धीले अरुलाई जे जस्ता आरोपहरु लगाउदै आएका छन् ती सवै झुट र अस्विकार्य भएको चौहानको भनाई छ । 

अध्यक्ष गान्धीले केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई डराउने व्यक्तिको रुपमा चित्रित गर्दै खुल्ला बहसका लागि आउन चुनौती दिएका थिए । यहाँ आयोजित एक कार्यक्रममा बोल्दै नेता चौहानले अध्यक्ष गान्धीका अभिव्यक्ति खराब भएको र उनले झुट कुराहरु दोहोर्‍याउन गरेको आरोप लगाएका थिए ।

गान्धीका ती आरोपको खण्डन गर्दै मुख्यमन्त्री चौहानले आज सो भनाई राखेका हुन् । भारतमा यसैवर्ष लोकसभा निर्वाचन हुन लागेकाले दलका नेताहरुले एकले अर्काे तथा विपक्षीहरुलाई अनेक आरोप लगाउने र होच्याउने अभिव्यक्तिहरु दिन थालेका छन् । रासस/एएनआई

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा