शनिबार, ७ बैशाख, २०७६ Saturday, 20 April, 2019

चिकित्सकको मान–मर्यादालाई अवमूल्यन गरिए देशभर प्रर्दशन : संघ

विज्ञप्ति जारी गर्दै चिकित्सकको माग र संवेदनशीलतालाई बेवास्ता गरी शान्तिपूर्ण धर्नामा भएको प्रहरी हस्तक्षेप र गिरफ्तारीप्रति सरकारको कडा शब्दमा विरोध गरेको हो ।

काठमाडौं । नेपाल चिकित्सक संघले धर्नामा बसेका चिकित्सकमाथि सरकारले गरेको धरपकडको कडा शब्दमा विरोध गरेको छ ।

संघका महासचिव डा लोचन कार्कीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकको माग र संवेदनशीलतालाई बेवास्ता गरी शान्तिपूर्ण धर्नामा भएको प्रहरी हस्तक्षेप र गिरफ्तारीप्रति सरकारको कडा शब्दमा विरोध गरेको हो ।

विज्ञप्तीमा भनिएको छ–‘नेपाल सरकारले चिकित्सकहरुको समायोजनका सम्बन्धमा गरिएको विवादास्पद निर्णयविरुद्ध स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा शान्तिपूर्वक धर्ना दिइरहेका देशभरका सरकारी चिकित्सकहरुमाथी मन्त्रालयको प्रांगण भित्र नै प्रहरी लगाई दमन गर्ने, धरपकड गर्ने तथा हातपात गर्दै गिरफ्तार गरिएको घटनाप्रति नेपाल चिकित्सक संघ घोर भर्त्सना र निन्दा गर्दछ ।’

संघले विज्ञप्तीमार्फत गिरफ्तार गरिएका सम्पूर्ण चिकित्सकहरुलाई बिना सर्त तुरुन्त रिहा गर्न समेत माग गरेको छ । त्यस्तै, संघ अन्तर्गत पुल दरबन्दी कायम गरी आवश्यकता अनुसार स्थानीय तथा प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थामा चिकित्सकहरुलाई खटाउनसमेत सरकारसँग संघले माग गरेको छ ।

संघले सरकारलाई चेतावनी दिँदै विज्ञप्तीमा लेखेको छ–‘अन्यथा, चिकित्सकहरुको मान मर्यादालाई अवमूल्यन गरिएको खण्डमा नेपाल चिकित्सक संघ सशक्त विरोधका कार्यक्रमहरु देशभर संचालन गर्न बाध्य हुने व्यहोरा समेत यसै विज्ञप्ती मार्फत जानकारी गराइन्छ ।’

विज्ञप्ती हेर्नुस्

Image may contain: Nepal Medical Association Press release -sancharkarmi

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा