सोमबार, ९ भदौ, २०७६ Monday, 26 August, 2019

महिला फुटबल : आज नेपाल–भारत भिड्दै

प्रतियोगितामा एक–एक जित निकालेको भारत र म्यानमारको समान तीन–तीन अङ्क छ । नेपाल र इरानले अङक जोड्न सकेका छैनन् ।
फाइल फाेटाे एन्फा

काठमाडौं । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ ।

पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु हुनेछ ।

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ ।

प्रतियोगितामा एक–एक जित निकालेको भारत र म्यानमारको समान तीन–तीन अङ्क छ । नेपाल र इरानले अङक जोड्न सकेका छैनन् । राउण्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्ने छन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा