ट्रम्प-किम बैठकपूर्व उत्तर कोरियाली अधिकारी चीनमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा गर्ने तय भइसकेको छ । 
फाेटाे: एजेन्सी

सोल । अमेरिका र उत्तर कोरियाको दोस्रो शिखर बैठकको तयारी भइरहेका बेला उत्तर कोरियाका उच्च सरकारी अधिकारीहरु चीन भ्रमणमा गएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको राजधानी हनोईमा गर्ने तय भइसकेको छ । 

शिखर बैठक तय भई तयारी भइरहेकै बेला ११ सदस्यीय उत्तर कोरियाली उच्च अधिकारीहरुको चीन भ्रमणलाई निकै महत्व र चासोका साथ हेरिएको छ । 

शिखर बैठकको तयारीका लागि भियतनाम जाने क्रममा सो टोली चीन पुगेको दक्षिण कोरियाको समाचार संस्था योन्हापले जनाएको छ । 

श्रोत नखुलाई लेखिएको सो समाचारमा उत्तर कोरियाली टोलीले चिनियाँ उच्च अधिकारीहरुसँग शिखर बैठककै बारेमा परामर्श गरेको उल्लेख गरिएको छ । 

अमेरिका र उत्तर कोरियाको शिखर बैठकलाई दक्षिण कोरिया र चीनले नजिकबाट नियाल्दै र कतिपय सहजिकरण पनि गरिदिँदै आएका छन् । 

ट्रम्प र किम बीच यसअघि पहिलो शिखर बैठक गत बर्षको जुन महिनामा सिंगापुरमा भएको थियो । पहिलो शिखर बैठकमा उत्तर कोरियाले पूर्ण रूपमा निःशस्त्र हुने घोषणा गरेपनि त्यसको पूर्ण कार्यान्वयन हुनेमा कतिपयले अझै पनि आशंका गरिहेका छन् । 

अव हुन लागेको दोस्रो शिखर बैठकमा ट्रम्पले यो आशंकालाई न्युनिकरण गर्दै थप विश्वास र सहकार्यको वातावरण बनाउने अपेक्षा गरिएको छ । 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा