विश्वकप क्रिकेट: इङल्याण्डसामु २४२ रनको जीत लक्ष्य [अपडेट]

यो समाचार तयार गर्दा न्युजिल्याण्डले घरेलु टोली इङल्याण्डबिरुद्ध लर्डसमा ४४* ओभरमा पाँच वीकेट खर्चेर २०४* रन बनाएको छ ।
फोटो : क्रिकेट वर्ल्डकप/ट्वीटर

 

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्याण्डले इङल्याण्डलाई २४२ रनको जीत लक्ष्य दिएको  छ ।

आइतबार घरेलु मैदान लर्डसमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ८ वीकेट गुमाउँदै इङल्याण्डलाई २४२ रनको जीत लक्ष्य दिएको  हो ।

न्युजिल्याण्डको लागि हेन्री निकोल्सले सर्वाधिक ७७ बलमा ५५ रन बनाए । त्यस्तै, टम लथामले ५६ बलमा ४७ रन बनाए । केन विलियम्सले ५३ बलमा ३० रन जोड्न सफल भए । त्यस्तै, मार्टिन गुप्टी र जेम्स नीशमले समान १९ रन जोडे भने रोस टायलरले १५ रन जोडे । 

कोलिन डीले ग्रान्ड्होमले १६ रन, मिचेल सान्टनरले ५ रन र म्याट हेन्री ४ रन जोडे भने ट्रेन्ट बोल्ट १ रनमै अविजित रहे ।

इङल्याण्डका तर्फ क्रिस वोक्स र लियाम प्लन्केट ३ ३ वीकेट लिए भने जोफ्रा आर्चर र मार्क उड १/१ वीकेट लिन सफल भए ।

 

 

दुबै टोली पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छन् । इङल्याण्ड २७ बर्षपछि फाइनल खेलिरहेको छ भने न्युजिल्याण्डले गत संस्करणमा अष्टेलियासँग हार ब्यहोरेको थियो । 

यो प्रतियोगिता जसले जिते पनि दुबैका लागि पहिलो विश्वकप उपाधि हुनेछ । दुबै टिमले यसअघि एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।

यसअघि न्यूजील्यान्डले भारतलाई र इङ्ल्यान्डले अस्ट्रेलियालाई पराजित गरी फाइनलमा पुगेका थिए । 

इङ्ल्यान्ड टिममा जेसन रोय, जोन्नी बेयरस्ट, जो रुट, इअन मोर्गन (कप्तान), बेन स्टोक्स, जस बट्लर, लियाम प्लन्केट, क्रिस वोक्स, अदिल रसिद, जोफ्रा आर्चर र मार्क उड रहेका छन् ।

त्यस्तै, न्यूजील्यान्डको टिममा मार्टिन गप्टिल, हेन्री निकोल्स, केन विलियम्सन (कप्तान), रस टेलर, टम लथाम, जिम्मी नीसाम, कोलिन डी ग्रान्ड्होम, मिचेल सान्टनर, म्याट हेन्री, लकी फर्गुसन र ट्रेन्ट बोल्ट रहेका छन् ।

*अपडेट गरिएको: २०७६, असार, २९ गते आइतबार ७ बजेर  ४० मिनेट

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा