शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

न्युजिल्याण्डलाई हराउँदै इङल्याण्ड विश्वकप क्रिकेट च्याम्पियन

खेल निर्धारित ५० ओभरमा बराबर भएपछि सुपर ओभरमा खेलाइएको हो।

काठमाडौँ : सन् २०१९ को आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको विश्व च्याम्पियन इङल्याण्ड बनेको छ। उसले न्युजिल्याण्डलाई आफ्नो घरेलु मैदानको सुपर ओभर नियमअनुसार बढी बाउन्ड्री प्रहार गरेर बाउन्ड्री प्रहारको आधारमा विश्व च्याम्पियन बनेको हो । खेल निर्धारित ५० ओभरमा बराबर भएपछि सुपर ओभरमा खेलाइएको हो। उसले दुई बाउन्ड्री लगाएको थियो भने न्युजिल्याण्डले एक मात्र बाउन्ड्री लगाएको थियो। 

आज भएको १२ औँ सस्करण सम्म विश्वकप आईपुग्दा ईङल्याण्डले चौथो पटकको प्रयासमा विश्व च्याम्पियन बनेको हो  । यसअघि सन १९७९ , १९८७ र १९९२ मा ईङल्याण्ड उपाधि नजिक पुगेर फाईनलमा निराश हुन पुगेको थियो ।

आईतबार भएको आईसीसी एकदिवसीय विश्वकपको फाइनल खेलमा न्युजील्याण्डलाई खेलमा सुपर ओभरमा पराजित गर्दै ईङल्याण्ड विश्वकपको च्याम्पियन बनेको हो भने न्युजिल्याण्ड पुन : दुर्भाग्यपूर्ण टिम बन्दै घर फर्कियो  । अघिल्लो संस्करणमा पनि फाइनलमा  अष्ट्रेलियासँग पराजित भएको टिम आज पुन फाइनलमा पराजित भयो ।

खेलमा न्युजील्याण्डले निर्धारित ५० ओभरको खेलमा प्रस्तुत गरेको २ सय ४२ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको घरेलु टोली ईङल्याण्ड निर्धारित ५० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर २ सय ४१ बनाउदै खेल सुपर ओभरमा लग्यो ।

अन्तिम ओभरमा जितका लागि १५ रनको आबस्यकता हुदाँ ईङल्याण्डले १४ रन बनाएपछी खेलबराबरमा पुग्यो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको ईङल्याण्डले १५ रन बनायो र जवाफि ब्याटिङ गरेको न्युजिल्यान्डले पनि १५ रनमा सिमित हुन पुगेपछी ईङल्याण्डले ईनिगमा २ बाउन्ड्री र न्युजिल्यान्डले जम्मा एक प्रहार गरेको आधारमा बढी ब्राउन्ड्री प्रहार गरेकोले जित दर्ता गर्दै ईतिहास रच्यो ।

बलिङतर्फ न्युजिल्याण्डका लॉकी फर्ग्यूसन र जेम्स नीशमले समान ३/३ बिकेट लिएका थिए
भने मैट हेनरी र कोलिन डी ग्रैंडहोम १/१ विकेट लिएका थिए ।

ईनिङको अत्यमा टोम लाथमले राम्रो ब्याटिङ गर्दै टिमलाई सम्मानजनक स्कोरतर्फ लगे । ५६ बलमा उनले २ चौका र १ छ्क्काको मद्दतमा ४७ रनको योगदान गरे ।

बलिङतर्फ ईङल्याण्डका लियाम प्लंकेट र क्रिस वोक्सले सर्बाधिक ३/३ विकेट हात पारे । आफ्नो स्पेलको १० ओभर पुरै बलिङ गरेका प्लंकेटले ४२ रन खर्चिएर उक्त विकेट हात पारे । भने क्रिस वोक्सले ३७ रन खर्चिए ।

यस्तै मार्क वुड र जोर्फा आचरले समान १/१ विकेटलिएका थिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा