शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

आज खण्डग्रास चन्द्रग्रहण, नाङ्गो आँखाले हेर्न सकिने

यसअघि  वि.सं १९२७ आषाढ ३० मंगलबार गुरु पूर्णिमाको दिन खण्डग्रास चन्द्रग्रहणको संयोग परेको थियो ।
प्रतिनिधिमुलक फायल फोटो: वेब


 

काठमाडौं । १ सय ४९ वर्षपछि एउटा दुर्लभ संयोगमा मंगलबार र बुधबारको बीचमा राती सवा १ बजेदेखि खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।

भोलिको खण्डग्रास चन्द्रग्रहण आषाढ शुक्ल पूर्णिमाको उत्तरषाढा नक्षत्रमा गुरु पूर्णिमाका दिनको दुर्लभ संयोग परेको छ । यसअघि  वि.सं १९२७ आषाढ ३० मंगलबार गुरु पूर्णिमाको दिन खण्डग्रास चन्द्रग्रहणको संयोग परेको थियो । त्यतिखेर पनि भोलि लाग्ने चन्द्रग्रहणमा जस्तै शनि, केतु र चन्द्रसँगै धनु राशीमा अवस्थित थिए । सूर्य भने राहुसँग मिथुन राशीमा थियो ।

१ सय ४९ वर्षपछि यसपटक यो ग्रहण हिन्दू पञ्चाङ्गअनुसार आषाढ शुक्ल पूर्णिमाको उत्तरषाढा नक्षत्रमा चन्द्रग्रहण लाग्नेछ ।  मंगलबार राती सवा १ बजेदेखि  बुधबार बिहान सवा ४ बजेसम्म ३ घण्टाको हुनेछ । अष्ट्रेलिया, एसिया, यूरोप, अफ्रिका र दक्षिण अमेरिकामा देखिने यो ग्रहण नेपालमा भने राती एक बजेर ४५ मिनेटमा सुरु हुने छ । यसको मोक्ष भने बिहान ४ बजेर ४५ मिनेटमा हुने नेपाल पञ्चाङ्ग समितिले जनाएको छ ।

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ । यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ । छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो । चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ । प्राय चन्द्रग्रहण पूर्णिमा तिथीका दिन लाग्दछ । 

ज्योतिष शास्त्र अनुशार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन् त्यस दिन चन्द्र ग्रहण हुन्छ ।

ग्रहणसम्बन्धी आधुनिक एवं वैज्ञानिक धारणा

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले मौसमले साथ दिएमा नेपालका सबै भागबाट पृथ्वीको छाया चन्द्रमामा आंशिक रुपमा परी ग्रहण लागेको देख्न सकिने जनाएको छ ।

ग्रेगोरियन पात्रोअनुसार ग्रहण जुलाई १७ तारिखको बिहान र नेपाली पात्रोअनुसार असार ३१ गते राति पर्छ । नेपाली पात्रोअनुसार सुर्योदयदेखि सूर्योदयसम्मको समयलाई एक दिन गणना गरिन्छ । ग्रेगोरियन पात्रोले मध्यरातदेखि मध्यरातसम्मको समयलाई एक दिन गणना गर्ने भएकाले समय फरक पर्न गएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्ने पनि सोसाइटीले जनाएको छ । वैज्ञानिक मान्यतानुसार चन्द्रग्रहण हेर्दा कुनै हानिनोक्सानी नहुने अध्यक्ष भट्टराईले बताए ।

मङ्गलबार राति  १ः४६ बजे शुरु हुने खण्डग्रास ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा राति ३ः१५ बढी ढाक्नेछ । पूरै ढाक्ने भएको भए यसलाई  खग्रास भनिन्थ्यो ।  अवलोकनकर्ताले १ः४६ बजेदेखि दुई घण्टा ५८ मिनेटसम्म अर्थात् ४ः४४ बजेसम्म चन्द्रमाको केही भागलाई तामा रङमा देख्न सक्नेछन् । यस अवधिलाई नै खण्डग्रास चन्द्रग्रहण भनिन्छ ।

ग्रहण नेपाललगायत भारत, चीन, मङ्गोलिया, जापान, रुस तथा अफ्रिका, दक्षिण अमेरिका, युरोप र अष्ट्रेलिया महादेशबाट देख्न सकिन्छ । क्यानडा तथा उत्तर अमेरिकामा बसोबास गर्ने मानिसले ग्रहणको अनुभव लिन नपाउने वाल्मीकि विद्यापीठका उपप्राध्यापक आचार्यले जानकारी दिए ।

एकाइसौँ शताब्दीमा पने ८५ चन्द्रग्रहणमध्ये यो एक भएको उनले सुनाए । “तान्त्रिकहरु तन्त्रको साधना तथा अघोरीमन्त्रहरुको साधना ग्रहणका बेलामा गर्दा सिद्घि हुने कुरामा विश्वास गरी यस्तो समयको उपयोग गर्छन्”, उनले भने ।

सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणलाई आँखाभित्र पस्न नदिन विभिन्न  सावधानी अपनाइन्छ । चन्द्रग्रहण जो कोहीले पनि नाङ्गो आँखाले सजिलै हेर्न सक्छन् । चन्द्रग्रहण टेलिस्कोप, वाइनाकुलर, क्यामरा वा अरु कुनै सामग्रीले हेर्दा केही असर गर्दैन ।

वैज्ञानिकले समेत ग्रहणका समयमा साधना गरेको उदाहरण छ । विश्वप्रसिद्घ वैज्ञानिक आइन्स्टाइनले आफ्नो प्रकाशसम्बन्धी सिद्घान्तको प्रयोग तथा पुष्टि खग्रास सूर्यग्रहण लागेको बेलामा गरेका थिए भनिन्छ ।

ग्रहणकालमा धेरै किसिसमका नकारात्मक तथा हानिकारक किरणको प्रभाव रहन्छ । हिन्दू धर्ममा चन्द्रग्रहणलाई विशेष मान्यता दिइने गरिएको छ ।  ती मान्यताहरु यहाँ उल्लेख गरिएको छ ।

  • ग्रहणको क्रममा अन्न र जल खानुहुँदैन ।
  • चन्द्र ग्रहणको क्रममा स्नान पनि गर्नुहुँदैन । ग्रहण सकिएपछि वा शुरु हुनुभन्दा अघि स्नान गर्नु राम्रो हुन्छ ।
  • ग्रहणलाई खुला आँखाले हेर्नुहुँदैन । यसले आँखामा नकारात्मक असर पार्नसक्छ । तर,चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर वा घर छेउमा रहेको खुला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न  सकिन्छ ।
  • ग्रहणको क्रममा मन्त्रको जप गर्न सकिन्छ ।
  • धार्मिक मान्यता अनुसार, सुतक अघि पूजा पाठ गर्ने परम्परा रहेको हुन्छ । यो दिन गुरुको पुजा गरिन्छ । सूतक काल अघि नै पूजा गर्नुपर्छ ।


ज्योतिष शास्त्र भोलिको खण्डग्रास चन्द्रग्रहणले कुन राशीमा कस्तो असर पर्छ ?

मेष
यो राशीका लागि ग्रहणको योग शुभ हुने देखिन्छ । यो राशी भएकाहरुलाई सफलतासँगै मानसम्मान पनि पाइने छ । धन पाउने सम्भावना समेत रहेको छ ।

 


वृष
वृष राशीका लागि समय कष्टदायी हुने देखिन्छ । सावधानीपूर्वक काम गर्नुपर्नेछ । धनहानीको योग देखिन्छ ।

 

मिथुन
मिथुन राशीका लागि समेत त्यति राम्रो लाभ देखिन्न । काम समयमा पुरा नहुँदा बाधा आउन सक्छ । नआत्तिएर धैर्यता राख्नु वेश हुने छ ।

 

कर्कट
कर्कट राशीका लागि उत्तम समय छ । काम तत्काल हुने र आशा अनुरुप फल पनि पाइने छ । सुखद वातावरण रहनेछ ।

 

सिंह
सिंह राशीका व्यक्तिलाई तनाव बढन सक्छ । विघ्नवाधाका कारण कुनै काममा मन नलाग्न शक्छ । मन शान्त राख्नुस । केही समयपछि समय तपाईको पक्षमा हुनेछ ।

 

कन्या
चिन्ता बढन सक्छ । जागिरमा अधिकारीहरुको सहयोग नपाउँदा मन उदास हुन सक्छ । बन्न लागेका काम पनि बिग्रिन सक्छन् ।

 

तुला
लाभदायक समय छ । सोचेका काम पुरा हुनेछन् । अविवाहितहरुलाई विहेको प्रस्ताव आउन सक्छ । प्रेमी प्रेमीकालाई उत्तम समय छ ।

 

वृश्चिक
तपाईले सावधान हुनुपर्ने समय छ । अलिकति पनि लापरवाहीले हानी हुनसक्छ । कुनै पनि काम गर्दा सोचेर मात्रै अघि बढनुहोला ।

 

धनु
सतर्कता राख्नुपर्ला । कुनै करिबी व्यक्तिले धोका दिन सक्छ । जागिरमा नोक्सानी हुने योग बनिरहेको छ । सावधानी आवश्यक छ ।

 

मकर
तपाईका लागि संघर्षमय समय छ । पुराना योजना विफल हुन सक्छन । कुनै अपरिचित व्यक्तिमाथि भरोसा नगर्नुस ।

 

कुम्भ
यो राशीका लागि समय शुभ हुने देखिन्छ । प्रगति हुने र जागिरमा पदोन्नतीको सम्भावना छ । काम समयमा पुरा हुने र वर्चश्स बढन सक्छ ।

 

मीन
तपाईको यात्राको योग बनेको छ । र, यो यात्राबाट लाभ पाइने देखिन्छ । भविष्यलाई लिएर प्रसन्न हुनुहुनेछ ।

 

ग्रहणको अन्य फल
शनि र केतु ग्रहणको समयमा चन्द्रसितै धनु राशिमा रहनेछ । यसले गर्दा ग्रहणको प्रभाव झनै बढाने छ । सूर्यसँग भने राहु र शुक्र हुनेछ। सूर्य र चन्द्र चार विपरित ग्रह शुक्र, शनि, राहु र केतुको घेरामा रहनेछ । मंगल नीचको रहनेछ । यी ग्रहहरुको योगले तनाव बढन सक्छ । भूकम्पनको खतरा हुनेछ । बाढी, तूफान र अन्य प्राकृतिक प्रकोपले नोक्सानी हुने र राजनीतिमा विवाद र अस्थिरताको योग छ ।
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा