मुम्बईमा चार तले भवन जमिनमा धस्सियो, ४० भन्दा बढी पुरिएको आशंका

घटनालगत्तै दकमल विभाग, नगर विभाग र स्थानीयवासीले उद्धारकार्यमा जुटेका छन् ।
फाेटा : एजेन्सी

 

एजेन्सी । भारतको मुम्बइस्थित डोंगरी क्षेत्रमा चार तले भवन माटोमा धस्सिदा ४० भन्दा बढी सर्वसाधरण पुरिएको आशंका गरिएको छ ।

मंगलबार बिहान स्थानीय समयअनुसार साढे ११ बजे उक्त चारवटा भवन लडेर माटोमा धस्सिएको बताइएको छ । अबिरल वर्षापछि एक्कासी आएको हावाहुरीका कारण ८० वर्षभन्दा पुरानो चारवटा भवन लडेका स्थानीयवासीले बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

घटनालगत्तै दकमल विभाग, नगर विभाग र स्थानीयवासीले उद्धारकार्यमा जुटेका छन् । अहिलेसम्म घटनास्थलबाट दुईजनाको शकुसल उद्धार गरिएको छ  । उद्धारकर्ताहरूले  दुइ जनाको शव निकालिएको दमकल विभागका मुख्य अधिकृत प्रभात रहांगदले बताएका छन् । उनका अनुसार राष्ट्रिय आपतकालिन उद्धार दल (एनडिआरएफ)का उद्धारकर्ताहरु घटनास्थल पुगेर उद्धारकार्यमा जुटेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा