शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’मा

एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपालसँगै समूह ‘बी’मा कुबेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलिया परेका हुन् । 

 

काठमाडौं । कतारमा हुने विश्वकप फुटबल–२०२२ को दोस्रो चरणको छनोटमा नेपाल मूह ‘बी’मा परेको छ ।

एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपालसँगै समूह ‘बी’मा कुबेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलिया परेका हुन् । 

विश्वकप फुटबल–२०२२ छनौटका लागि एसियाका ४० राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । नेपाल एसियाली राष्ट्रमा फिफा बरियताको शीर्ष ३४ भित्र परेकोले विश्वकप छनोटको दोस्रो चरण खेल्न पाएको हो ।

‘डबल राउन्ड रोबिन’को आधारमा हुने विश्वकप छनोटको दोस्रो ‘राउण्ड’मा नेपालले  होम एण्ड अवे’ गरी खेल्नेपर्नेछ ।  पहिलो चरणको खेल यही वर्षको सेप्टेम्बर ५ तारिखदेखि सुरु हुने फेडेरेसनले जनाएको छ ।

आठ समूह विजेता र ४ उत्कृष्ट उपविजेता गरी १२ टिमले विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा