शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

पहिलोपटक पोखरामा पेन गनसहित एक जना समातिए 

लेख्न प्रयोग गर्ने कलमबाट गोली चलाई अपराध गर्न मिल्ने बस्तु (पेन गन) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फोटो: संघीय प्रहरी कार्यालय, गण्डकी प्रदेश पेखरा

 

कास्की । लेख्न प्रयोग हुने कलमबाट गोली चलाई अपराध गर्न मिल्ने बस्तु (पेन गन) सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२४ कास्कीकोट स्थायी घर भई हाल पोखरा महानगरपालिका–७ मासबार बस्दै आएका २४ वर्षिय सागर रानाभाट रहेका छन । 

जिल्ला प्रहरी कार्यालय कास्कीले  रानाभाटलाई गत असार २९ गते पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात बुधबार (आन) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

Pen Gun फोटो: संघीय प्रहरी कार्यालय, गण्डकी प्रदेश पेखरा

 पक्राउ परेका उनका साथबाट लागुऔषध सहित पेन गन र उक्त गनमा लाग्ने सात थान गोली सहित प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले बताए ।

पक्राउ परेका उनिमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा