द्वन्द्वकालीन मुद्दा शीघ्र टुङ्गिनेमा जर्मनी आश्वस्त

सङ्घीय गणतन्त्र जर्मनीका एक उच्च कूटनीतिक अधिकारीले द्वन्द्वकालीन मुद्दा शीघ्र टुङ्गिनेमा आफ्नो देश आश्वस्त रहेको बताएका छन् ।
नेपाल–जर्मनी राजनीतिक परामर्शबारे सञ्चारकर्मीलाई बुधबार जानकारी दिँदै सङ्घीय गणतन्त्र जर्मनीको परराष्ट्र मन्त्रालयका आयुक्त मार्कुस पोटजेल । साथमा नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड शेफेर । तस्वीर : नवीन पौडेल

 

काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीका एक उच्च कूटनीतिक अधिकारीले द्वन्द्वकालीन मुद्दा शीघ्र टुङ्गिनेमा आफ्नो देश आश्वस्त रहेको बताएका छन् ।

जर्मनीको परराष्ट्र मन्त्रालयका दक्षिण एशिया मामिला आयुक्त मार्कुस पोटजेलले कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग भएको शिष्टाचार भेटमा द्वन्द्वकालका सबै समस्या समाधान गर्न सरकारले आवश्यक कानून तर्जुमा गरेको र ती संसदीय प्रक्रियामा रहेको जानकारी दिए ।

नेपालको दुई दिवसीय भ्रमण पूरा गरी आज अपराह्न भारततर्फ प्रस्थान गर्नुअघि जर्मनीको राजदूतावासमा केही पत्रकारसँग कुरा गर्दै उनले नेपालको संविधानको मर्म र भावनानुसार आधारभूत मानवाधिकार सुनिश्चित गर्न भएका प्रयासको प्रशंसा गरे ।

सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीको नियुक्त, आयोगका बाँकी न्याय सम्पादनका बाँकी कामले शीघ्र पूर्णता पाउनेमा जर्मनी ढुक्क रहेको उनले बताए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा