शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

‘फेसएप’माथि अनुसन्धान गर्न ‘एफबीआइ’लाई पत्र

शुमरले ट्वीटरमा एक पत्र पोस्ट गर्दै तस्वीर सम्पादन गरेर तन्नेरी र वृद्ध बनाइदिने ‘फेसएप’माथि अनेक प्रश्न उठिरहेका बेला एफबीआई र एफटिसिसँग तत्काल सँग अनुसन्धान आग्रह गरेका हुन् ।
प्रतिनिधिमुलक फायल फोटो: एजेन्सी

 

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल बनेको ‘फेसएप’माथि अनुसन्धान गर्न अमेरिकी संसद्को माथिल्लो सदनका प्रतिपक्षी दलका नेता चक शुमरले फेडेरल व्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र फेडेरल ट्रेड कमिसन (एफटिसि)सँग आग्रह गरेका छन् ।

शुमरले ट्वीटरमा एक पत्र पोस्ट गर्दै तस्वीर सम्पादन गरेर तन्नेरी र वृद्ध बनाइदिने ‘फेसएप’माथि अनेक प्रश्न उठिरहेका बेला एफबीआई र एफटिसिसँग तत्काल सँग अनुसन्धान आग्रह गरेका हुन् ।

उनले ट्वीटरमा ‘फेसएप’लाई ‘गम्भीर समस्या’ को संज्ञा दिँदैलेखेका छन्, ‘फेसएप असुरक्षित रहेकाले आफ्ना देशका नागरिकको डाटा सत्रूतापूर्ण सम्बन्ध भएका देशले लैजानसक्ने चिन्ता छ ।’

के हो फेसएप ?
फेसएप एक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) प्रविधि प्रयोग गरिएको ‘फोटो मर्फिङ एप’ हो । जसबाट अनुहारमा परिवर्तन गर्नका लागि वास्तविक तस्वीरलाई परिवर्तन गर्न उपयोग गरिन्छ ।

यो एपले मोबाइलको फोटो ग्यालरीमा रहेका तस्बिरहरु उपयोग गर्न सकिन्छ । साथै,  एपभित्रैबाट सिधै पनि फोटो खिच्न सकिन्छ । निःशुल्क रुपमा उपलब्ध हुने सेवाले एआई प्रविधिमार्फत फोन ग्यालरीमा रहेको तस्बिर सम्पादन गरी दोब्बर वा तेब्बर उमेरको स्मार्ट व्यक्तिका रुपमा तपाईलाई प्रस्तुत गर्ने क्षमता राख्छ । जसबाट फोटोमा कपालको रंग पनि परिवर्तन गर्न सकिन्छ । 

‘फेस एप’मा सुरक्षा चुनौतिहरु
‘फेस एप’मा सुरक्षा चुनौतिहरु यथेस्ट रहेको ‘डेलीमेल’ ले विशेषज्ञहरुलाई उदृत गरी लेखेको छ, ‘यो एप आर्टिफिसियल इन्टेलिजन्स (एआई) प्रविधिबाट चल्ने भएकाले तपाईँको फोन ग्यालरीमा भएको एउटा तस्बिरलाई दोब्बर वा तेब्बर उमेरको छविमा रुपान्तरण गर्छ ।’

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेकोले अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिइसकेका छन् । 

प्रविधि विशेषज्ञहरुका अनुसार यो एपमा क्लिक गरिसकेपछि तपाईले ‘नो’ अर्थात् अस्वीकृत गरेपछि पनि तपाईँको डेटासम्म पहुँच कायम राख्ने क्षमता राख्छ र्।विशेषज्ञहरु भन्छन्, ‘यस एप्समा प्रयोग गरिएको एआईले तपाईको क्यामेरा रोलका सबै तस्बिरहरुमा एक्सेस प्राप्त गर्नुका साथै स्टोर गर्न सक्छ । कसैले तपाईँको कुनैपनि तस्बिरलाई आफ्नो अनुकुल बनाएर वा संशोसित गरेर गलत प्रयोग गर्न सक्छन् ।’

‘फेस एप’ निर्माण गरेको रसियन कम्पनीको दाबी
रसियन कम्पनीले निर्माण गरेको यो एप्सको प्रयोग बढेसँगै प्रयोगकर्ताको गोपनीयताको विषय बहसमा छ । तर, फेसएप निर्माणकर्ता रसियन कम्पनीले आरोप अस्वीकार गर्दै एप्सको प्रयोगबाट व्यक्तिको गोपनीयतामा कुनै खतरा नरहेको दाबी गरेको छ ।

फेसएप निर्माणकर्ता कम्पनीद्वारा जारी विज्ञप्ति उद्धृत गर्दै प्रविधिसम्बन्धि जानकारी दिने अनलाइन ‘टेक क्रन्च’ले लेखेको छ, ‘प्रयोगकर्ताको इमेज लामो समयसम्म नरहने र प्रयोगकर्ताले इडिट गर्न चाहेको तस्वीरमात्रै अपलोड गरिदिने भएकोले प्रयोगकर्ताको डाटा रसियामा स्थानान्तरण हुँदैन ।’ एजेन्सीकाे सहयाेगमा

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा