शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

आत्मसुरक्षाका लागि बोकेको बम धनगढीमा पड्कीयो: ‘विप्लव’ समूह

पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीको कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको बम धनगढीमा बिहीबार पड्केको बताएको हुन् ।

 

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहले पार्टीको कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको बम धनगढीमा बिहीबार पड्केको बताएको छ ।

पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीको कामको सिलसिलामा आत्मसुरक्षाका लागि बोकेको बम धनगढीमा बिहीबार पड्केको बताएको हुन् ।

विज्ञप्तिमामा भनिएको छ, ‘विस्फोटमा परी घाइते हुनु भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौँ । घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ ।’

उक्त घटनामा पार्टीका कार्यकर्ता रामबहादुर सिंहको मृत्यु हुनुका साथै अन्य चार जना घाइते छन् । सिंह आफैले बोकेको बम विस्फोट हुँदा भएको यो घटनाको मुख्य जिम्मेवारी भने फासीबादी ओली सरकारले लिनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

विस्फोटमा परी राम सिंहको उपचारका क्रममा गएराति नै मृत्यु भएको छ । घाइते भएका होटेलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार भइरहेको छ ।

biplop_dhangadhi_blast

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा