शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

'विप्लव' समूहको प्रभावशाली केन्द्रीय सदस्य माइला लामा पक्राउ 

लामालाई चन्द समूहका प्रभावशाली केन्द्रीय नेता मानिन्छ । उनी २०६४ को संविधानसभा चुनावमा काठमाडौंबाट उम्मेदवार पनि भएका थिए । 
फायल फाेटाे : वेब

 

काठमाडौं । नेत्रविक्रम चन्द(विप्लव) समूहको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामासहित कार्यकर्ता रेशम तामाङलाई पक्राउ परेका छन् ।

चन्द नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसमेत रहेका काठमाडौं सितापाइलाका लामासहित कार्यकर्ता तामाङलाई काठमाडौंको कोटेश्वर–काँडाघारी क्षेत्रबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल थापाका अनुसार उपत्यकाका विभिन्न स्थानमा भएका बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा लामालाई पक्राउ गरिएको हो ।

लामालाई चन्द समूहका प्रभावशाली केन्द्रीय नेता मानिन्छ । उनी २०६४ को संविधानसभा चुनावमा काठमाडौंबाट उम्मेदवार पनि भएका थिए । 

राजधानीको विभिन्न ठाउँमा बम विस्फोटका घटना भएपछि प्रहरीले उनको खोजी तीब्र पारेको थियो । तत्कालीन माओवादी फुटेपछि  लामा मोहन वैद्य नेतृत्वको माओवादी हुँदै चन्द समूहमा लागेका थिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा