मकवानपुरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान्, एकजना पक्राउ

प्रहरीका अनुसार ४/५ जनाको समूहमा आएको गाँजा तस्करीमाथि प्रहरीले समेत जवाफी फायर गरेर स्याङतानलाई पक्राउ गर्न सफल भएको हो ।
प्रतिनिधिमुलक फायल फोटो :वेब

 

मकवानपुर । मकवानपुरको मनहरी क्षेत्रमा गाँजा तस्करीलाई नियन्त्रण लिने क्रममा  दोहोरो गोली चलेको छ।

प्रहरीमाथि गोली चलाउने गाँजा तस्करी ४३ वर्षीय कुमार स्याङतानलाई एक नाल कटुवा पेस्तोल, जंगी गोली ५ राउण्ड र ३५ केजी लागूऔषध गाँजासहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राक्सिराङ गाउँपालिका–१ ढुङ्गेन बस्ने ४३ वर्षीय स्याङतानले गाँजा लैजाँदै गरेको अवस्थामा विशेष सूचनाको आधारमा खटिएको प्रहरीलाई कटुवा पेस्तोलबाट १ राउण्ड फायर गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ४/५ जनाको समूहमा आएको गाँजा तस्करीमाथि प्रहरीले समेत जवाफी फायर गरेर स्याङतानलाई पक्राउ गर्न सफल भएको हो ।

अन्य फरार व्यक्तिहरुको तदारुकताकासाथ खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा