बाढीबाट पीडित बाघ शरण खोज्दै घरमा प्रवेश गरेर सुत्यो ! [भिडियो]

‘पशु उद्धारकहरूले सडकपारि पटाका पड्काए । पटकाकाो आवाजले जागेको बाघ ग्यारेजबाट निस्किएर जंगलतर्फ लाग्यो ।’

 

एजेन्सी । भारतको असममा बाढी आएपछि शरण खोज्दै हिँडेको एउटा बाघ एकजना व्यक्तिको घरमा प्रवेश गरेर सुतिरहेको भिडियो सार्वजनिक भएको छ । 

घरमालिक मोतीलाल र उनको परिवारले बिहीवार बिहान साढे ७ बजे बाघलाई घरभित्र सुतिरहेको देखे । 

डेलिमेल अनलाइनले सर्वजनिक गरेको भिडियोमा बाघ मस्तले सुतेको र पञ्जामा टाउको अड्याएको देखिन्छ । वन्यजन्तु ट्रस्टका अधिकारीहरूले उक्त बाघ काजिरंगा राष्ट्रिय निकुञ्जबाहिरको राष्ट्रिय राजमार्गमा देखेको र त्यसपछि त्यो बाघ मोतीलालको घरको ग्यारेजमा गएको बताए । 

बाघलाई सुरूमा निद्राबाट उठाइएको थिएन । तर, पछि उसलाई सुरक्षित तवरले हटाउनका लागि कामकारवाही गरिएको थियो । उद्धार टोलीले सडकको ट्राफिक एक घन्टासम्मका लागि रोकेको थियो अनि उसलाई उठाउन पटाका पड्काएको थियो । 

डेलिमेलले लेखेको छ, ‘पशु उद्धारकहरूले सडकपारि पटाका पड्काए । पटकाकाो आवाजले जागेको बाघ ग्यारेजबाट निस्किएर जंगलतर्फ लाग्यो ।’ उक्त क्षेत्रमा वर्षामा पानी पर्दा जनावरहरूले मानिसको घरमा शरण लिइरहेका छन् । 

भिडियो हेर्नुहोस् 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा