शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

निर्माता छवि र नायिका शिल्पाविरुद्ध पूर्वपत्नी हेमाले दिइन् बहुविवाहको उजुरी

महानगरीय प्रहरी वृत्त, गौशालामा बहुविवाहको जाहेरी दरखास्त बुझाएपछि अधिवक्ता स्वागत नेपालको साथमा निर्माता छविराज ओझाकी पूर्वपत्नी हेमा ओझालगायत । फोटो : स्वागत नेपाल फेसबुक

 

काठमाडौं । निर्माता छविराज ओझाकी पूर्वपत्नी हेमा ओझाले छविराज ओझा र शिल्पा पोखरेलविरुद्ध बहुविवाहको उजुरी दिएकी छन् ।

हेमाले आइतबार निर्माता छवि र नायिका शिल्पाविरुद्ध  महानगरीय प्रहरी वृत्त, गौशालामा बहुविवाहको उजुरी दिएकी हुन् ।

हेमाका तर्फबाट आएको अधिवक्ता स्वागत नेपालले शिल्पा र छवि दुवैलाई तत्काल पक्राउ गरेर कारवाही अघि बढाउन प्रहरीमा जाहेरी दरखास्त बुझाएको बताए । उनले भने, ‘हामीसँग कानूनी सहयोग माग्नुभयो, हामीले सहयोग गर्यौँ ।’

उनीहरु दुबैले वि.सं. २०४१ सालमा बिवाह गरेका थिए । हेमाका अनुसार छविले लामो समयदेखि आफूले बिहे गरेको कुरा लुकाउँदै आएका थिए ।

हेमाले निर्माता छविराज ओझाले आफूलाई थाहै नदिई शिल्पा पोखरेलसँग बिहे गरेको मिडियाको माध्यमबाट थाहा पाएको पनि जाहेरीमा उल्लेख छ । निवेदनमा उनले छविराज ओझाले शिल्पा पोखरेलसँग बिहे गरेको भनेर सोध्दा ‘के छ तिमीहरुसँग प्रमाण ?’ भन्दै उल्टो प्रतिप्रश्न गरेको बताएकी छन् ।

केही हप्ताअघि छविराजविरुद्ध नायिका शिल्पा पोखरेलले घरेलु हिंसाविरुद्ध उजुरी दिएकी थिइन् । छविले आफूमाथि हातपात गरेको भन्दै  शिल्पाले ‘डिभोर्स मागेकी थिइन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा