जोनसन प्रधानमन्त्री भए राजिनामा दिन्छु : बेलायती अर्थमन्त्री ह्यामण्ड

“प्रधानमन्त्रीका रूपमा नयाँ नेतृत्व जोनसनले लिएमा पक्कै पनि म कसैबाट हटाइनुपूर्व राजिनामा दिनेछु ।”
बेलायतका अर्थमन्त्री फिलीप ह्यामण्ड । फायल फाेटाे : एजेन्सी

 

लण्डन । बेलायतका अर्थमन्त्री फिलीप ह्यामण्डले बेलायती यदि बोरिस जोनसन बेलायतको प्रधानमन्त्री भएमा आफूले राजिनामा दिने बताएका छन् ।

आइतबार बीबीसी टेलिभिजनसँगको कुराकानीमा अर्थमन्त्री ह्यामण्डले बेलायतको यूरोपेली यूनियनबाट हुने बहिर्गमनमा बिषयमा जोनसनको रणनीतिप्रति आफू कहिल्यै सहमत नभएको बताउँदै उनको नेतृत्वमा आफूले काम गर्न सम्भव नहुने बताएका हुन् ।

उनले भने, “प्रधानमन्त्रीका रूपमा नयाँ नेतृत्व जोनसनले लिएमा पक्कै पनि म कसैबाट हटाइनुपूर्व राजिनामा दिनेछु ।” उनका अनुसार सम्भवत: बेलायतको कन्र्जभेटिभ पार्टीले आगामी बुधबार प्रधानमन्त्रीका लागि जोनसनको नाम चयन गर्नेछ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा