सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

टि–२० विश्वकप छनोट: 'मुख्य दाबेदार' नेपाल पहिलो खेलमै कतारसँग पराजित [Full Match]

प्रतियोगितामा आयोजक सिंगापुर सहित नेपाल, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गर्दैछन् । 

 

काठमाडौं । सिंगापुरमा जारी टि–२० विश्वकप छनोट (एसिया फाइनल) प्रतियोगिताको मुख्य दाबेदार मानिएको नेपाल पहिलो खेलमै कतारसँग ४ विकेटले पराजित भएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले दिएको १ सय २३ रनको सामान्य जीत लक्ष्य कतारले ६ विकेट गुमाएर ४ बल बाँकी रहँदै भेट्टायो ।

नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २२ रनमात्रै जोड्न सक्यो ।

राम्रो सुरुवात गरेको नेपालको लागि ओपनिङमा आएका कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेका थिए । 

खेलको ५.६ ओभरमा कप्तान पारस ब्यक्तिगत २८ रनमा आउट भएपछि नेपालको विकेट पतन सुरु भयो । दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र २३ रनमा आउट हुँदा नेपालको स्कोर ५८ रन थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उकास्न खोजेका थिए । उनले सर्वाधिक ३४ रन बनाए । त्यस्तै, सोमपाल कामीले ११ र सन्दीप लामिछानेले ९ रन बनाउनबाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

प्रतियोगितामा आयोजक सिंगापुर सहित नेपाल, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गर्दैछन् । 

तियोगिता जित्ने टिमले अक्टोबरमा युएईमा आयोजना हुने टि–२० विश्वकप ग्लोबल छनौट खेल्न पाउनेछ । दोश्रो पटक टि–२० विश्वकप खेल्ने अभियानमा नेपाली क्रिकेट टिम रहंदा तुलनात्मक रुपमा आफु भन्दा कम स्तर र वरियताको टिमहरुसंग खेल्दैछ। नेपालको टि–२० अन्तर्राष्ट्रिय वरियता ११ रहेको छ भने कतारको २१, सिंगापुरको २३, कुवेतको २८, मलेसियाको ३५ रहेको छ ।

Nepal vs Qatar | ICC T20 Regional Finals Asia | Sancharkarmi Sports

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा