पखेटारहित फ्लाईबोर्ड चढेर जपाटाले पार गरे इङ्ग्लिश च्यानल [भिडियो]

उनले निर्माण गरेको फ्लाई बोर्डमा पाँचवटा टर्बाइन जडान गरिएका छन्। सो उपकरण चलाउन मट्टीतेल प्रयोग हुन्छ।
फोटो: स्काइन्यूज


बीबीसी । फ्रान्सेली आविष्कारक फ्राङ्की जपाटाले फ्लाईबोर्ड चढेर पहिलो पटक इङ्ग्लिश च्यानल पार गरेका छन्।

चालीस वर्षीय जपाटा आइतवार बिहान जीएमटी ६:१७ बजे साङ्गाटबाट उडेका थिए।

उनले निर्माण गरेको फ्लाई बोर्डमा पाँचवटा टर्बाइन जडान गरिएका छन्। सो उपकरण चलाउन मट्टीतेल प्रयोग हुन्छ।

उक्त फ्लाईबोर्ड १९० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने बताइएको छ । जपाटा जेटस्कीका भूतपूर्व विजेता हुन् । जपाटाको पहिलो प्रयास विफल भएको थियो।

उडानको बीचमा इन्धन भर्ने कुरामा समस्या उत्पन्न भएपछि गत जुलाईमा उनी लक्ष्यमा पुग्न सकेका थिएनन् । यसपालि भने ३५.४ किलोमिटरको दुरी पार गर्न ठूलो आकारको डुङ्गा र त्यसमा इन्धन भर्ने व्यवस्था मिलाइएको थियो ।

गत महिना प्यारिसमा सम्पन्न एउटा महत्त्वपूर्ण परेडका क्रममा उनले उक्त बोर्ड प्रदर्शन गरेका थिए। त्यसपछि यसको चर्चा चुलिएको थियो । फ्लाईबोर्ड उडाउन प्रयोग गरिएको मट्टीतेल चालकले बोकेको झोलामा राखिएको छ।

सो उपकरणको आकार स्केटबोर्डकै जत्रो छ।

भिडियो

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा