मटिहानीमा झुलनोत्सव पर्व आजदेखि शुरु

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७स्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाउँँदै आइएको पौराणिक झुलनोत्सव पर्व आजदेखि शुरु
फाइल फोटो / वेब

 

गौशाला । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७स्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाउँँदै आइएको पौराणिक झुलनोत्सव पर्व आजदेखि शुरु भएको छ ।

आउँदो पूर्णिमा दिनसम्म मनाइने सो पर्वका अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठबाट प्रत्येक दिन कलात्मक पालकीमा  बाजागाजाका साथ भगवान् रामसीताको मूर्ति राखी भजन किर्तन गर्दै झुलाघरमा लगिने गरिन्छ । 

उक्त मठका साथै जनकपुरधाम, सर्लाही, सिराहा,  सप्तरी र भारतको तिरहुत क्षेत्र र बिहारका विभिन्न मठमन्दिरमा झुला पर्व धुमधामका साथ मनाउने गरिन्छ ।
झुला घरमा रामसिताको मूर्ति राखी धार्मिक गीत र भजन किर्तनका साथ राति अबेरसम्म झुला झुलाउने गरिएको उक्त मठका  महन्थ जगन्ननाथ दास वैष्ण्वले बताए । 

भगवान् रामसीता साउन महीनामा यसैगरी झुलामा झुलेको सम्झना गर्दै झुलनोत्सवका साथै मटिहानीमा मेलासमेत आयोजना गरिएको छ । मेला भर्न र भगवान् रामसीताको भुलनोत्सवमा सहभागी हुन नेपाल भारतका श्रद्धालुहरुको भिड लाग्ने गर्छ । सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसिता र  लक्ष्मीनारायणलगायत मूर्तिलाई बाजागाजाका साथ झुलाउने गरिन्छ ।

मिथिला क्षेत्रमा रोपाइँ सकिने वित्तिकै आयोना गरिने यो पर्वमा प्रत्येक मठमन्दिरमा कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा सहभागीहरू  भजन किर्तन, नाच गान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने गर्दछन् ।झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । जोगी सन्यासीहरुले पनि आफ्ना आराध्यदेवलाई खेलाइ झुलाउने परम्परा छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा