आइतबार, १ भदौ, २०७६ Sunday, 18 August, 2019

बोलबमको अवसर पारेर महिना दिनसम्म मेला [फोटोफिचर]

फोटोमा आज
फोटोमा आज : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित धनेश्वर महादेव मन्दिरमा सोमबार लागेको दर्शनार्थीहरुको घुँईचो । तस्बिर : पेमा लामा

 

त्रिधार्मिकस्थल हलेसीमा लागेको बोलबम मेला अन्तर्गत साउनको तेस्रो सोमबार (आज) दर्शन गर्न लामवद्ध बसेका भक्तजन  । हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सङ्गमस्थल हलेसीमा बोलबमको अवसर पारेर महिना दिनसम्म मेला लाग्ने गरेको छ । तस्वीर : केदार मगर

 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित श्री धनेश्वर महादेव प्राथमिक विद्यालयको सहयोगार्थ सोमबारबाट शुरु भएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्सँग महायज्ञ’ मा पहिलो दिन कलश यात्रामा सहभागी महिलाहरु । तस्बिर : पेमा लामा

 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित धनेश्वर महादेव मन्दिरमा सोमबार दर्शन गर्न लाईनमा बस्दै गरेका दर्शनार्थीहरु । तस्बिर : पेमा लामा

 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित धनेश्वर महादेव मन्दिरमा सोमबार शिवलिङ्ग दर्शन गर्दै महिलाहरु । तस्बिर : पेमा लामा
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा