शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

राजकुमारको 'स्टोरी लाइन' : एसियन गेम्समा कास्य, सागमा 'स्वर्ण र द कमाण्डोका हिरो

फिल्म चल्यो, देशको हिरो राजकुमार पनि चले । 'कथाले माग्यो काँचको पर्दा र देशको हिरो पनि बने' उनी निस्फिक्री भन्छन।

 

काठमाडौं । यो फगत कथा वा जीवनीमात्र होइन, एक तहकाे नेपालीको वास्तविकता हो ।  सारा नेपालीको भोगाइहरुबाट बुनिएका अनेक कथामध्येका एउटा कथाको दर्शन बोक्ने 'प्लट' हो । एउटा 'सेल्फ-मेड' गाउँले राजकुमार राईको जीवन–यात्रा हो।

खोटाङमा जन्मेका हुन् –राजकुमार । उनी 'एथलेटिक्स एन्थुजियास्ट' थिए ।  पढाई सामान्यभन्दा राम्रो थियो  । तर, तनमन भने चैँ खेलकुद र ब्रिटिश लाहुरे बन्ने तिर थियो । त्यो पनि तेक्वान्दो खेल्न पाइन्छ भनेर अनि अरु तपशिलका आशाहरु नै नभएका त होइन ।

उनलाई गाउँमा आएका एक प्रहरीले कराँते खेलेको देखेपछि खेलप्रतिको लगाव र प्रेम सदा–सदाको लागि मनमा बस्यो, यसरी झाँगियो मानौ यो नै जीवनको छाँयाछवि हो।

राजकुमार भन्छन–खाली खुट्टाले बारीका कान्लाहरु घङ्गेरुको काँडा, कोदोको नल र चिसो 'ठी'ले दिएको पाठ सबैभन्दा प्रिय लाग्छ । उनलाई सधैँ प्रेरणा दिने 'थेसिस स्टेटमेन्ट' चाँहि, 'जे होस् होस् नाम चाँही जसरी पनि कमाउँछु' भन्ने थियो । तर, अलिक पछि बोध गरे, जीवन जिउन त नाम र दाम दुवै चाहिन्छ भनेर।

'गल्लावाल'ले दोस्रोपटक बोलाएर 'डीआरओ'को लागि छनोट हुँदा हुनको चेस नम्बर थियो ५५१ । उनी खुब 'स्मार्ट' र लायकका थिए, उनलाई  गोराले पनि खुब मन पराए अनि त उनलाई अन्तर्वार्ता नै नलिइकन पास गराए। कुद्नुमा त एक नम्वरमा दर्ज  गरे लाहुर लाग्ने बेला ।

उनलाई नशा खेलकुदको थियो। भर्ती भएपछि पनि चियो चर्चा खेलकै गरिरहे, पिछा गरिरहे। एक एकतर्फी प्रेम गर्ने प्रेमीले जस्तै।  

प्रेम थियो, नशा अनि झुकाव र सबैभन्दा माथि सम्मान थियो खेलकुदप्रति  । र त, लुकेर खेले, झुकेरे सिके, गालि सहे, परेसम्म कुटाई पनि खाए । तर, खेलकुदसँगको सम्बन्धमा दरार कहिले पनि पैदा भएन।

उनी सिपाही थिए । एउटा नियम, एउटा परिधि र सिमामा ! तर टुक्रा–टाक्री समय जोडेर खेले, जाने र भिडे। रास्ट्रिय, अन्तरराष्ट्रिय र विश्व च्यम्पियन्ससिपमा पनि 'सिल्भर मेडल' जिते। इतिहास रचे, त्यो नि कसैको आशिर्वादले होइन।  अनुशासन, लगाव र समयको उच्चतम व्यवस्थापन गरेर।

पहिलो पल्ट खेल्दा राम धुलाई पनि भेटे ! र, पुरस्कार नि पाए टन्नै खिसिट्युरी  र दुरुत्साहनको भकारी भरिने गरि। त्यो बेला न नियम जानोस, न 'गी' लगाउँन अब प्याड त देखेको भए पो कहिल्यै ।  मुढेबल लगायो प्रतिपक्षले 'टेक्निकल गेम' खेलेर पोइन्ट ल्याएर जितिसक्थ्यो। आफु खिस्स।

त्यो एक खेल, एक प्रतियोगिताको हार हो भन्नेमा 'कन्भिसड' थिए उनी। उनको मानसपटलमा बलियो मत के थियो भने उनीसँग म त लामो दौडको घोडा हो भन्ने । फेरि,  सुरु गरे अभ्यास  लाहुरेको 'ड्युटी' मिलाएर, चोरेर अनेकन तिकडम गरेर। सायदै, समय पाए पूर्ण रुपमा खेलकुद गर्ने।

मेहेनत खेर गएन उनको र त उनले जीवनमा कहित्यै नेपाली खेलाडीसँग हार्नु नै परेन । अझ, भनौ कसैले पनि हराएनन् । 'पार्ट-टाइम' खेलाडी राजकुमार सन् १९८४ वर्ल्ड च्याम्पियनसिप खेले अनि सिल्भर मेडल पनि जिते। यो सफलता लाग्छ मानौँ एउटा चलचित्रको एक वाक्यको 'स्टोरी लाइन' हाे ।

पल्टनमा गुरुहरुले क्षमता बुझेर राम्रो 'अफिसर कोर्स' गर्न  प्रेरित गरिरहे तर, उनी अटेर गरिरहे र खेलिरहे । त्यसै नेपाल खेलकुद परिषद्ले उनको पल्टनमा चिठ्ठी पठायो, पल्टनले स्वीकृति पनि दियो । त्यसपछि उनी सन् १९८६ मा नेपाल आए । नेपालका तेक्वान्दो मास्टर थिए–कोरियन सिन।  नेपाल त आए तर बिरामी परे तैपनि हिम्मत हारेनन्।

एसियाली क्षेत्रिय छनोटमा प्रथम भए । दुईपटक हङकङलाई विश्व च्याम्पियनशिपमा प्रतिनिधित्व गरेका राजकुमारले सन् १९८६ को एसियन गेममा ऐतिहासिक कास्य पदक ल्याए । सारा नेपाली नेपाली खुसि भए । तर, उनि भने खुसि भएनन् किनकी उनी ढुक्क थिए उनले कम्तिमा रजत पदक जित्नेमा।

लाहुरे जीवन न हो, राजकुमार जितको खुशियाली पूर्ण रुपमा 'सेलेब्रेट' गर्नै नपाइ पल्टन फर्कन पर्यो।

दिन, रात, महिना र बर्ष बित्यो । पेन्सनमा पनि पकाए । त्यसपछि नेपाल फर्किए।

जिम्मेवारी फेरियो, समय फेरियो र नँया चुनौतिहरु थपिए जीवनमा ।  अनि उनको यात्रा कहिले खेल प्रशिक्षक त कहिले ब्रुनाई, हङकङका 'पर्सनल सेक्युरीटि गार्ड' मै बिते । कहिले पनि नथाक्ने राजकुमारले काम र जिम्मेवारीलाई कहिले सानो र ठुलो मानेन् । केवल सधैँ कर्म मात्रै गरे  ।

जीवनको एक मोडमा अपत्यारिलो ढंगले हिरो बन्ने अफर आयो । तर, निर्माता बिनाको । त्यो अफरले उनमा भएको फिल्मप्रतिको मोह उजागर गर्यो। अनि कथै-कथाका बीच बन्ने भयो चलचित्र 'द कमान्डो' । 'द कमान्डो' अनेक 'टुइस्ट' को बिचमा झन्डै दुई वर्षमा बन्यो । त्यसपछि उनी हिरो पनि भए।

'वडीविल्डिंग' खेल खेल्दा मिस्टर हङकङकाे उपाधि पनि पाए । त्यहाँ बस्दा नै फिल्म खेल्ने अफर पनि आयाे । तर, समय उनको पक्षमा थिएन । 'अडिसन' पार गरेर नि गर्न पाएनन् आफु छनोट भएको चलचित्रमा ।

नशा, खेलको कहाँ सकिन्थ्यो उनको । देश र विदेश  गर्दै अनेकन फरक पेशा गरे पनि।  सन् १९९८ मा पुनः नेपाल आएपछि सन् १९९९ मा काठमाडौंमा  हुने सागका लागि छनोट खेले ।  विना तयारी 'सेलेक्सन' जिते। अनि सागमा पहिलाेपटक स्वर्ण पदक पनि जिते 'चालिस कटेसी रमाउँला' उमेरमा राजकुमारले।

फिल्म चल्यो, देशको हिरो राजकुमार पनि चले । 'कथाले माग्यो काँचको पर्दा र देशको हिरो पनि बने' उनी निस्फिक्री भन्छन।

वर्षौँ क्यानाडाको 'हाइ परफरमेन्स' टिमका कोच बनेका राई भन्छन, ''खासमा नेपालले त खेलाडीलाई एकदम धेरै चिज दिएको रहेछ। खेलाडीले देशलाई दिएको भन्दा पनि बढी ।  क्यानाडा जस्तो देशमा खेलाडी स्वयमले अन्तरराष्ट्रिय खेल खेल्न जाँदा पनि खेलाडी स्वयमले सबै व्यवस्था मिलाउनु पर्छ। अनि ओलम्पिकमा नै स्वर्ण जिते पनि आज चर्चा हुन्छ अनि भाेलि सकिन्छ। तर, नेपालमा हुने चर्चा, सम्मान र प्रेम सधैँ सम्झना लायक हुन्छ।''

गोर्खा दक्षिणबाहु तेस्रो र गोर्खा दक्षिणबाहु पाँचौँले सम्मानित भएका राजकुमार नेपाल राष्ट्रले दिएको सम्मानप्रति मतमस्तक रहेको अनुभूति सुनाउँछन्। 

संसारका प्रायः धेरै सुःख सुविधाहरु भोग गरे पनि उनको 'वेस्ट टाइम र मोमेन्ट' खोटाङमा खालि खुट्टाले दिएको हरेक पल नै प्यारो लाग्छ रे उनलाई। त्यसैले, उनकाे जीवनलाई जरा हाल्ने र जग हाल्ने काम असाध्यै मिहेनतले बलियोसँग गरेको थिए, र त आज 'ग्राण्ड मास्टर' राजकुमार राई बनेका छन्।

अब फेरी, राजकुमार राई काँचको पर्दामा आउदै छन्, आफ्नै जीवन उतार्न।

उनै तीन राजकुमार– लाहुरे राजकुमार, एसियन गेम्स मेडलिस्ट राजकुमार र  'द कमान्डो' का राजकुमार।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा