आइतबार, १ भदौ, २०७६ Sunday, 18 August, 2019

बार्सिलोनाले नापोलीलाई २ - १ गोल अन्तरले हरायो

प्रि-सिजन अन्तर्गतको आफ्नो मैत्रीपूर्ण खेलमा स्पेनिस ला लिगा क्लब बार्सिलोनाले इटालियन सिरी 'ए' क्लब नापोलीलाई २-१ पराजित गरेको छ ।
बार्सिलोनाका खेलाडी ग्रिजम्यान बल आगाडि बढाउँदै। फोटो: बार्सिलोना

 

एजेन्सी । प्रि-सिजन अन्तर्गतको आफ्नो मैत्रीपूर्ण खेलमा स्पेनिस ला लिगा क्लब बार्सिलोनाले इटालियन सिरी 'ए' क्लब नापोलीलाई २-१ पराजित गरेको छ ।

अमेरिकाको मियामी आज (बिहिबार) बिहान भएको खेलमा बार्सिलोनाको जितमा कप्तान सर्जियो बुस्केट र इभान राकिटिकले एक-एक गोल गरे । नापोलीका लागि भने बार्सिलोनाका स्यामुएल उम्टिटीले आत्मघाती गोल गरे ।

मियामीको हार्ड रक स्टेडियममा कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाले ३९ औं मिनेटमा बुस्केटको गोलबाट अग्रता बनाएको थियो । मेस्सी चोटका कारण अमेरिका भ्रमणमा छैनन् । त्यस्तै बार्सिलोनाले ४२ औँ मिनेटमा आत्माघाति गोल खाएको थियो भने ७९ औँ मिनेटमा इभान राकिटिकले निर्णायक गोल गरेका थिए। 

पहिलो हाफमा औसत खेल खेलेको बार्सिलोनाले दोस्रो हाफमा भने खेललाई पूर्ण रुपमा आफ्नो नियाँत्रन्म राखेको थियो। अब अफ्फ्नो दोस्रो तथा अन्तिम मैत्रीपूर्ण  बार्सिलोनाले नापोलीसंगै आइतबार विहान २: ४५ मा खेल्नेछ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा