सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

अमेरिकाको मिसिसिपी राज्यमा करिब ७ सय आप्रवासी कामदार पक्राउ

अमेरिकी अध्यागमन अधिकारीहरूले बिहीबार मिसिसिपीका सात वटा कृषिजन्य सामग्री प्रशोधन गर्ने कम्पनीमा छापा मारी तीआप्रवासी कामदार पक्राउ गरेका हुन् ।
फाेटाे : एपी

 

काठमाडौं । अमेरिकाको मिसिसिपी राज्यमा गैह्रकानुनी रुपमा रहेका ६ सय ८० जना आप्रवासी कामदार पक्राउ परेका छन् ।

अमेरिकी अध्यागमन अधिकारीहरूले बिहीबार मिसिसिपीका सात वटा कृषिजन्य सामग्री प्रशोधन गर्ने कम्पनीमा छापा मारी तीआप्रवासी कामदार पक्राउ परेका हुन् ।

इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टका अनुसार प्रहरीले ती कम्पनीका व्यापरिक तथ्यांकहरु पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । ती कामदारलाई पक्रन सयौं सुरक्षाकर्मीलाई परिचालन गरिएको थियो । पक्राउ गरिएकाहरु कुन–कुन देशका हुन भनेर परिचय ख्लाइएको छैन् ।

​​​​अध्यागमन अदालत, न्यायाधिवक्ताको कार्यालयमा उपस्थित हुनुपर्ने शर्तमा केहीलाई मानवीय कारणमा रिहाइ गरिएपनि बाँकीलाई भने लुजियानास्थित हिरासत केन्द्रमा राखिएको छ । मेक्सिकोको महावाणिज्यदूतावासले भने आफ्ना नागरिक पक्राउ परेको भए आवश्यक सहयोग गर्ने जनाएको छ ।

राष्ट्रपति ट्रम्पले गैरकानुनी रपमा बसिरहेकाहरुलाई जतिसक्दो चाँडो हटाइने बताएका थिए । अमेरिकामा करिब १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेको दावी गरिएको छ । त्यसमा धेरै मध्य तथा ल्याटिन अमेरिकी मुलुकका रहेको बताइएको छ । एजेन्सीको सहयोगमा 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा