सुविसुले दुई दिन भित्रै पूर्णरुपमा सेवा सञ्चालन गरिसक्ने 

सुविसु केबल नेट प्रालिले ९० प्रतिशत ग्राहकलाई सेवा निरन्तर दिइरहेको र बाँकी ग्राहकलाई मसेत एक, दुई दिनभित्रैमा सम्पूर्ण सेवा सञ्चालन हुने
काठमाडौँ महानगरपालिका–४ स्थित बालुवाटारमा बुधबार विद्युत् चुहिएर कार्यालय आगलागी।

 

काठमाडौँ। इन्टरनेट, नेटवर्क तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनी, सुविसु केबल नेट प्रालिले ९० प्रतिशत ग्राहकलाई सेवा निरन्तर दिइरहेको र बाँकी ग्राहकलाई मसेत एक, दुई दिनभित्रैमा सम्पूर्ण सेवा सञ्चालन हुनेगरी काम भइरहेको जनाएको छ । 

काठमाडौँस्थित बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधबार भिषण आगलागी भएर अवरुद्ध भएको सेवा सञ्चालन गर्न प्राविधिक खटिएको सुविसु कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ । 

बुधबार आगलागी भएको केही घन्टाभित्रै थापाथलीस्थित वैकल्पिक डाटा सेन्टरबाट ९० प्रतिशत सेवाग्राहीको सेवा सुचारु गराएको उक्त विज्ञप्तिमा उल्लेख छ । विसं २०७२ को भूकम्प पश्चात थापाथलीमा वैकल्पिक डाटा सेन्टरको स्थापना गरिएको थियो । 

क्षतिग्रस्त बालुवाटारको डाटा सेन्टरमा आबद्ध भएका सेवाग्राहीको सेवा सञ्चालन गर्न प्रयासरत रहेको र केही दिनमा नै सेवा सुचारु गर्ने सुविसुले जनाएको छ । 

काठमाडौँ महानगरपालिका–४ स्थित बालुवाटारमा बुधबार विद्युत् चुहिएर आगलागी भई कार्यालय प्रयोजनका लागि सञ्चय गरेर राखिएको डिजलमा आगो सल्किँदा उक्त कम्पनीमा ठूलो क्षति भएको छ । क्षतिको विवरण सकलन भइरहेको जनाइएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा