आइतबार, १ भदौ, २०७६ Sunday, 18 August, 2019

रोनाल्डोले खेल नखेलेपछि एजेन्सी प्रहरीको फन्दामा !

उक्त खेल हेर्न दर्शकहरूले कोरियन ३० हजार वनदेखि चार लाख वन  झन्डै २५ अमेरिकी डलर देखि तीन सय ३८ डलर दरको टिकट २ घण्टामा नै बिक्रि भएका थिए। 

काठमाडौं। चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो खेल्ने भन्दै टिकट बेचेको खेलमा नखेलेपछि खेल गराउने एजेन्सी ठगीको आरोपमा प्रहरी फन्दामा परेकाे छ ।

गत महिना (जुलाई २६) मा दक्षिण कोरियाको राजधानी सियोलमा भएको सिरी 'ए' च्याम्पियन युभेन्टस र कोरियन लिग स्टारबीचको मैत्रीपूर्ण खेलको विषयलाई लिएर कोरियन प्रहरीले खेल व्यवास्थापन गर्ने खेल एजेन्सी 'द फास्टा' मा छापा मारेको छ। 

उक्त खेलमा कम्तिमा पनि ४५ मिनेट क्रिस्टियानो रोनाल्डो खेल्ने भन्दै कोरियन खेल एजेन्सी 'द फास्टा' ले ६५ हजार फुटबल दर्शकलाई टिकट बेचेको थियो । तर, पुरै खेल अवधि रोनाल्डोलाई बेन्चमा राखेर नखेलाएपछि रुष्ट बनेका फुटबल फ्यानहरुले एजेन्सीविरुद्ध 'ठगी' गरेको भन्दै पुलिसमा जाहेरी दिएपछि प्रहरीले उक्त एजेन्सीमा छापा मारेको हो। 

सियोल प्रहरीले एएफपीसँग भनेको छ –''हामीले बिहीबार एजेन्सीमा छापा मारेका हौँ, अब हामी एजेन्सीले जानी-जानी नै रोनाल्डो नखेल्ने थाहा पाएर पनि झुक्याएर टिकट बेचेको हो वा परिस्थितिजन्य घाटना हो भन्ने विषयमा विस्तृतमा अध्ययन गरेछौँ ''

उक्त खेल हेर्न दर्शकहरूले कोरियन ३० हजार वनदेखि चार लाख वन अर्थात झन्डै २५ अमेरिकी डलर देखि तीन सय ३८ डलर दरको टिकट २ घण्टामा नै बिक्रि भएका थिए । टिकट बिक्रिबाट करिब ४९ लाख अमेरिकी डलर अर्थात् करिब ५५ करोड नेपाली रूपैयाँ जम्मा भएकाे बताइएकाे छ ।

वर्ल्ड कप स्टेडियमा उपस्थित ६५ हजार दर्शकले पटक-पटक रोनाल्डो मैदानमा आउन हुटिङ्ग गरे । तर, रोनाल्डोले कुनै चासो दिएनन् र खेल मैदानमा समेत प्रवेश नै गरेनन् । दर्शककाे निक्कै आग्रहपछि पनि रोनाल्डो मैदान प्रवेश गरेनन् । रोनाल्डोकाे खेल हेर्न आएका दर्शकले ठुलो आवाजमा रोनाल्डोलाई चिड्याउन उनका चिर–प्रतिद्वन्दी लियोनल मेस्सिको नाम लिएका थिए । 

प्रहरीले 'द फास्टा'का प्रमुख रोबिन जाङ्गलाई देश छाड्न प्रतिवन्ध लगाएको छ। 

उक्त घटनालाई कोरियन लिगले समेत निक्कै भत्सना गर्दै 'धोका'को संज्ञा दिएको छ । साथै, युभेन्टसले सार्वजनिक रुपमा माफि माग्नु पर्ने माग दर्शकले राखेका छन्। तर, युभेन्टसका अध्यक्षले भने छलकपट र धोकाको आरोप अस्विकार गर्दै त्यो परिस्थितिजन्य घटना भएको बताएकाे छ । युभेन्टसले भनेकाे छ,  'मेडिकल स्टाफको सल्लाहले का कारण रोनाल्डोले खेल नखेलेका हुन् ।''

उनले भनेका छन्, 'म हामीलाई लगाइएको गैरजिम्मेवारीपूर्ण व्यवहार र फुटबल फ्यानलाई झुक्याएको भने कुरालाई अस्विकार गर्छु, हामी सधै सबै खाले फुटबल फ्यानहरुको सम्मान गर्छौँ। ''

रोनाल्डो कोरियाको मैत्रीपूर्ण खेलमा मैदान प्रवेश नगरेपछि सामाजिक संजालमा ब्यापक आलोचना र विरोध भएको थियो। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा