आइतबार, १ भदौ, २०७६ Sunday, 18 August, 2019

लिभरपुलविरुद्ध मेस्सीले गरेको गोल सिजनकै उत्कृष्ट

मेस्सी गएको सिजन च्याम्पियन्स लिगको सबैभन्दा बढी गोल गर्ने खेलाडीसमेत हुन्। उनले १० खेलमा १२ गोल गरेका थिए। 

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले लिभरपुलविरुद्ध च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा क्याम्प नाउमा गरेको गोल सिजन (२०१८-२०१९) कै उत्कृष्ट भएको छ ।

यो संगै मेस्सीले आफ्नो करियरमा अर्को एक ट्रफि थपेका छन्। मेस्सीले गएको सिजनको सर्बोत्कृष्ट गोलकिपर एलिसन  वेक्कर विरुद्द सुन्दर ढङ्गले फ्रि-किक मार्फत गोल गरेका थिए। 

मेस्सी गएको सिजन च्याम्पियन्स लिगको सबैभन्दा बढी गोल गर्ने खेलाडीसमेत हुन्। उनले १० खेलमा १२ गोल गरेका थिए। 

मेस्सीको गोल समर्थकहरुको भोटका आधारमा उत्कृष्ट दश मध्येबाट सर्बोत्कृष्ठ भएको हो । मेस्सीले  रोनाल्डोको म्यानचेस्टर युनाईटेडविरुद्द गरेको भली गोललाई पछि पार्दै सिजनको उत्कृष्ट गोलमा भएको हो ।  

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा