‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार जना पत्रकारलाई

फोनिजले शुक्रबार प्रेस विज्ञप्ती जारी जारी गर्दै हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार पत्रकारहरु कौशल चेम्जोङ, राजबहादुर गुरुङ, गणेश राई र शोभा श्रेष्ठलाई दिने घोषणा गरेको हो ।


काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ बाट चार जना पत्रकार पुरस्कृत गर्ने घोषण गरेको छ ।

फोनिजले शुक्रबार प्रेस विज्ञप्ती जारी जारी गर्दै हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार पत्रकारहरु कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई (छापा) र शोभा श्रेष्ठ (टेलिभिजन)लाई दिने घोषणा गरेको हो ।

पुरस्कार छनौट समितिको २०७६ साउन २३ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णय २०७६ साउन २४ गते बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गरेको विज्ञप्तीमा उल्लेख छ ।

आगामी साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘२०औं स्थापना दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह–२०७६’ कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कारको राशी जनही बीस हजार रुपैयाँ रहेको छ ।

फोनिज पुरस्कार वितरण तथा सम्मान समारोहमा फोनिजका संस्थापकदेखि पाँचौं महाधिवेशनसम्मका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गर्ने बताएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा