म्यानचेस्टर युनाइटेडसँग चेल्सीको लजास्पद हार, लाम्पार्डको सिप चलेन 

चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले प्रिमियर लिगमा आफ्नो डेब्यु हारबाट सुरु गरेका छन् ।
फोटो: बिबिसी स्पोर्टस

 

एजेन्सी। इङ्लिस प्रिमियर लिग अन्तर्गत आज (आइतवार) भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि  ४ – ० को शानदार जित हासिल गरेको छ। 

युनाइटेडको जितमा मर्कूस रास्फोर्डले दुई गोल गरे भने एन्थोनी मार्सल र ड्यानियल जेम्सले नाममा एक-एक गोल रहयो।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडको लागि खेलको १८ औं मिनेटमा रास्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अग्रता बनाएको युनाईटेडले दोस्रो हाफमा भने थप तीन गोल गर्यो ।

खेलको ६५ औं मिनेटमा मार्सलले गोल गर्दै युनाईटेडको अग्रता २-० को बनाए । त्यसै ६७ औं मिनेटमा राष्फोर्डले व्यक्तिगत दोस्रो गोल गर्दा युनाईटेड ३-० ले अघि बढाए । अन्तिम गोल भने खेलको ८१ औं मिनेटमा डेब्यु खेलाडी जेम्स ड्यानियलले गोल गर्दै युनाईटेडलाई ४-० को सहज जित दिलाए ।

चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले प्रिमियर लिगमा आफ्नो डेब्यु हारबाट सुरु गरेका छन् ।

 

फोटो: बिबिसी 
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा