१४ वर्षीया बालिका बलात्कारका आरोपित एकजना पक्राउ, अर्को फरार

अर्का आरोपित ३० वर्षीय अनवारुल मियाँको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताए ।

 

सप्तरी । एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय समिर अख्तर पक्राउ परेका छन् ।

पीडित १४ वर्षीया बालिकाका बुवाले समिरसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराएका थिए । बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अर्का आरोपित ३० वर्षीय अनवारुल मियाँको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताए । आरोपितहरुले चैत १० गते बालिकालाई नियन्त्रणमा लिएर  बलात्कार गरी चैत ११ गते राजविराजस्थित सागर लजमा छोडेर  फरार भएका थिए  । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा