आइतबार, १ भदौ, २०७६ Sunday, 18 August, 2019

प्रशासकीय अदालत विधेयक पारित

प्रतिनिधिसभाले प्रशासकीय अदालत विधेयक–२०७६ लाई सर्वसम्मतिले पारित गरेको छ ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढाकालले प्रस्तुत गर्नुभएको प्रशासकीय अदालत विधेयक, २०७६ लाई पारित गरियोस् भनी प्रस्ताव सर्वसम्मतले पारित गर्दै सांसदहरु । तस्वीर : रत्न श्रेष्ठ ।

 

काठमाडौं । प्रतिनिधिसभाले प्रशासकीय अदालत विधेयक–२०७६ लाई सर्वसम्मतिले पारित गरेको छ ।

यसअघि बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘प्रशासकीय अदालत विधेयक, २०७६ लाई पारित गरियोस’ भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए । 

बैठकमा ‘कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको प्रशासकीय अदालत विधेयक, २०७६ माथि छलफल गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मतरुपमा स्वीकार गरेका थिए । बैठकमा मन्त्री ढकालले प्रस्तुत गर्नुभएको ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरे ।

बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘आर्थिक कायर् विधि तथा वित्तीय उत्तरदायित्व विधेयकसम्बन्धी प्रतिवेदन, २०७६’ पेश गरे । अर्काे बैठक आगामी भदौ १ गते आइतबार बिहान ११ः०० बजे बस्ने छ । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा