सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

मेस्सीमाथि रोनाल्डोको टिप्पणी: मैले फरक क्लबबाट च्याम्पियन्स लिग जितेको छु

रोनाल्डोले म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिड दुवैबाट ५ वटा च्याम्पियन्स लिग जितेका छन्।

काठमाडौँ। मेस्सी कि रोनाल्डो उत्कृष्ट भन्ने प्रश्नको निश्चित एउटा जवाफ भेट्न आजको दिनमा प्राय: असम्भव छ। तर, युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोले मेस्सी र आफ्नो तुलनाको बिषयमा एककदम अगाडि बढेर जवाफ दिएका छन्। रोनाल्डोले भनेका छन्, 'मैले फरक-फरक क्लबबाट च्याम्पियन्स लिग जितेर मैले आफ्नो स्तर प्रमाणित गरिसकेको छु।' 

डीएजेडएनलाई अन्तरवार्ता दिने क्रममा रोनाल्डोले भनेको छन्, 'म किन फरक छु किनभने मैले फरक-फरक क्लवबाट च्याम्पियन्स लिग जितेको छु', उनले थपे, 'म च्याम्पियन्स लिगमा ६ वर्ष लगातार उच्च गोलकर्ता भएको थिएँ। मेस्सी उत्कृष्ट खेलाडी हुन्। उनलाई ५ पटक ब्यालोन डी’ओर उपाधि जितेको कारण मात्र नभएर म जस्तै हरेक वर्ष उत्कृष्ट स्तरमा फुटबल खेलेका कारण सम्झिइरहिने छन्।'

रोनाल्डोले म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिड दुवैबाट ५ वटा च्याम्पियन्स लिग जितेका छन्। अहिले उनी युभेन्टसबाट अर्को च्याम्पियन्स लिग जित्ने मिसनमा छन्। रोनाल्डोले पहिलो पटक सन् २००८ मा म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स लिग जितेका थिए । त्यसपछि सन् २०१४, २०१६, २०१७ र २०१८ मा रियललाई उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

'द मेकिङ अफ' नामको डकुमेन्ट्री निर्माण गर्ने क्रममा लिइएको अन्तरवार्तामा रोनाल्डोले आफूलाई फिट राख्नुको राज कडा मिहिनेत रहेको बताए। उनले भने, ‘आफूलाई उच्च स्तरमा खेलिरहन सक्ने बनाउन मैले लगातार मिहिनेत गरेको छु । यो स्तरको फिटनेस कायम राख्न सहज छैन । तर मैले आफ्नो करिअरलाई गम्भीर रुपमा लिएको छु र सधैं मिहिनेत जारि राखेको छु।'


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा