आइतबार, १ भदौ, २०७६ Sunday, 18 August, 2019

विद्यापीठमा ताला

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठमा विद्यार्थीले ताला लगाएका छन् ।
प्रतिनिधिमुलक फायल फोटो: वेव

 

तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत उपमहानगरपालिका–१९ स्थित जनता विद्यापीठमा विद्यार्थीले ताला लगाएका छन् । आयुर्वेद उत्तर माध्यमा तेस्रो वर्षका विद्यार्थीले बुधबार विद्यापीठमा ताला लगाए । 

नियमित पठनपाठन हुनुपर्ने, पुस्तकालयमा आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै तालाबन्दी गरिएको विद्यार्थीहरुले बताएका छन् । विद्यापीठमा पढाउन प्राध्यापकहरु नआउने गरेको भन्दै आफ्ना यी मागहरु सम्बोधन गर्ने गरी सहमति नहुँदासम्म ताला नखोल्नेसमेत विद्यार्थीहरुले बताएका छन् । 

विद्यापीठका प्राचार्य माधव अधिकारीका अनुसार उनीहरुका माग लगभग पूरा भएको र केही मागका विषयमा आपसी छलफलबाट टुङ्ग्याउने तयारीमा रहेको बताए । साथै विद्यार्थीलाई छलफलमा आउनसमेत आग्रह गरे । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा