आइतबार, १ भदौ, २०७६ Sunday, 18 August, 2019

आर्थिक मेगा बैंक मुनाफा

मेगा बैंकले आर्थिक वर्ष २०७५/७६ मा रु एक अर्ब ७१ करोड ९३ लाख मुनाफा आर्जन गरेको छ ।
प्रतिनिधिमुलक फायल फोटो: वेव

 

काठमाडौं । मेगा बैंकले आर्थिक वर्ष २०७५/७६ मा रु एक अर्ब ७१ करोड ९३ लाख मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवमा रु एक अर्ब ३१ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको बैंकले यस आवमा रु ४० करोड १९ लाख मुनाफा वृद्धि गर्न सफल भए । 

सो बैंकले आज जारी गरेको विज्ञप्तिमा २०७६ असार मसान्तमा बैंकको कूल निक्षेप रु ८१ अर्ब ८६ करोड पुगेको छ । यो वाणिज्य बैंकहरुमध्येकै उच्चतम वृद्धि रहेको सो बैंकले जनाएकाे छ । 

खुद कर्जा तथा सापट्टी रु ७२ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ । हाल मेगा बैंकले देशभर १०२ शाखा, १९ एक्सटेन्शन काउन्टर, १०३ एटिएम सञ्जाल, ११९ शाखारहित बैंकिङ केन्द्र र दुई हजार ५०० भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत आफ्नो सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा