मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

पत्रकार पुडासैनी प्रकरण: रवि लामिछानेसहित ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ उनीहरुलाई पक्राउ गरेको हो।
रवि लामिछानेसँग आत्महत्या गरेका शालिकराम पुडासैनी। फोटो : शालिकराम पुडासैनीको फेसबुक।

 

काठमाडौं । नेपाल प्रहरीले न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र  नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।

कार्यक्रम प्रस्तोता लामिछाने र पत्रकार कँडेललाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

हालै सार्वजनिक भएको एउटा भिडियोमा चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले मृत्युपूर्व बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्टै प्रहरीले रवि लामिछानेलाई गिरफ्तार गरेको हो ।

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गरेको भनिएको भिडियोमा रवि लामिछाने लगायतकाले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा