मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

आज मेस्सी, रोनाल्डो र भान डाइक मध्ये को बन्ला यूईएफए पुरुष वर्ष खेलाडी ?

नोमिनेसनमा परेका खेलाडीहरु मध्येबाट  ८० जना कोच र ५५ जना खेल पत्रकारहरुको ज्युरी टिमले शिर्ष ३ को छनोट गरेको थियो।
फोटो: गोल डटकम । गेट्टी इमेज


एजेन्सी। आज मोनाकोमा बार्सिलोनाका कप्तान लिओनेल मेस्सी, युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुलका डिफेन्डर भर्जील भान डाइक मध्ये एक जनाले 'यूईएफए च्याम्पियन्स लिग' वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जित्ने छन्।

यो वर्ष भान डाइकले च्याम्पियन्स लिग जित्नुका साथै प्रिमियर लिगमा प्लेयर अफ दि इयर जितेका छन्। उनी प्रिमियर लिग र यूईएफए नेसन्स कपको उपविजेता समेत हुन्। त्यस्तै लियोनल मेस्सीले ला लिगा जित्नुको साथै युरोपको टप पाँच लिग र च्याम्पियन्स लिगमा सबै भन्दा धेरै गोल गरेका छन् भने रोनाल्डोले सिरी 'ए' र यूईएफए नेसन्स कप जितेका छन्। 

च्याम्पियन्स लिगको २०१९/२० अन्तर्गतको समुह चरणको 'ड्र' गर्ने कार्यक्रमकासंगै युईएफए वर्षको उत्कृष्ट पुरुष खेलाडीको समेत घोषणा गरिनेछ।

नोमिनेसनमा परेका खेलाडीहरु मध्येबाट  ८० जना कोच र ५५ जना खेल पत्रकारहरुको ज्युरी टिमले शिर्ष ३ को छनोट गरेको थियो। 

सन् २०११ देखि सुरु भएको यस अवार्डमा रोनाल्डोले सबै सिजनको मनोनयनमा स्थान बनाउँदै ३ पटक उपाधि जितेका छन् । मेस्सीले भने सन् २०११ र २०१५ मा यस उपाधि जितेका थिए । गत सिजन लुका मोड्रीचले यो अवार्ड जितेका थिए । 

अवार्ड कार्यक्रम आज बेलुका ९:४५ बजे मोनाकोमा हुनेछ। 

प्राप्त प्रतिकृयाहरू
Cr लेख्नुहुन्छ २०७६ भदौ १२ बिहीबार ५:४८ pm

Cr is best palayar

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा