मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

तायामा, खियामा र हेत्छाकुप्पाको संवाद 'नाना तायामा' गीतमा सार्वजनिक

निर्देशक युवराज राई 'वीरबहादुर'ले किराती मुन्दुम र पहिचान झल्काउने विम्व, प्रतिबिम्वहरु र  किरात सौन्दर्यलाई गीतमा प्रयोग गर्न सकेका छन्। 

 

काठमाडौँ। किरातीहरुकाे उत्पतिको मुन्दुममा निक्कै लोकप्रिय मिथक तायामा, खियामा र हेत्छाकुप्पाको कथा भन्ने गीत 'नाना तायामा' सार्वजनिक भएकाे छ । 

साँढे छ मिनेटको गीतमा दुई चेलीहरु तायामा र खियामा अनि एक माइती हेत्छाकुप्पाको चेलिमाइतीको सम्वन्ध, प्रेम र विछोडको भोगाईलाई सवादकै रुप दिएर गीतकार भुपाल राईले शव्दमा उतारेका हुन्।  

निर्देशक युवराज राई 'वीरबहादुर'ले किराती मुन्दुम र पहिचान झल्काउने विम्व, प्रतिबिम्वहरु र  किरात सौन्दर्यलाई गीतमा प्रयोग गर्न सकेका छन्। 

संगीतकार दिनेश सुब्बाले किराती धुनहरुसहितको संगीत भरेका छन्। गीतमा स्वर दिपकुमार राई र राधा राईले दिएका छन्।  एरेञ्ज चाँद सिंहले गरेका छन्। 

दिनेश माङ्ग्वोको कोरियोग्राफीमा बनेको गीतमा सेसुका राई, अस्मिता राई र रामदीप राईले तायामा, खियामा र हेत्छाकुप्पाको भूमिकामा अभिनय गरेका छन्। 

प्राप्त प्रतिकृयाहरू
[email protected] लेख्नुहुन्छ २०७६ भदौ १ आइतबार ६:०० pm

मात्रै केही छैन प्रतिकृया गर्वले फुलेको मह्सुस गरियो।।।

Yogesh chamling लेख्नुहुन्छ २०७६ भदौ १ आइतबार ११:५६ am

अति सुन्दर

Mausham Rai लेख्नुहुन्छ २०७६ भदौ १ आइतबार ११:२७ am

मन छोयो ।

Kalyan gurung लेख्नुहुन्छ २०७६ भदौ १ आइतबार ११:०६ am

Beautiful song ...

KAJIMAN RAI लेख्नुहुन्छ २०७६ श्रावण ३२ शनिबार ४:५४ pm

Good

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा