मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

बार्सिलोना ला लिगाको पहिलो खेलमै पराजित

बार्सिलोनाले १० वर्षपछि मेस्सी बिना लिगको पहिलो खेल खेलेको र हारेको पनि पहिलो पटक हो ।
फोटो: गोल डटकम

 

एजेन्सी। स्पेनिस ला लिगा अन्तर्गतको पहिलो खेलमा नै साविक विजेता बार्सिलोना एथ्लेटिक बिल्वाओसँग १-० ले पराजित भएको छ ।

गए राति भएको  लिगको पहिलो चरणको खेलमा बार्सिलोना बिल्वाओको घरेलु मैदानमा फरवार्ड अरिट्ज अडुरिजको उत्कृष्ठ निर्णायक गोलमा हरेको हो । उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै गोल गर्न सफल रहे । खेलको ८९ औं मिनेटमा विंगबाट आएको क्रसलाई अडुरिजले सुन्दर ढंगले बाइसाइकल किकमा गोल गरेका थिए ।

बार्सिलोनाले १० वर्षपछि मेस्सी बिना लिगको पहिलो खेल खेलेको र हारेको पनि पहिलो पटक हो । खेल दौरान टोलीका मुख्य फरवार्ड लुइस सुआरेज चोट बोक्दै खेल छाड्न बाध्य भए । 

घाइते भएर कप्तान मेस्सी गुमाएको बार्सिलोनाले सिजनमा खराब सुरुवात गरेको छ । यसै खेलबाट क्लबमा डेब्यु गरेका एन्टोइन ग्रिजमन र फ्रान्की डे जोङले पनि सुखत सुरुवात गर्न सकेनन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा