मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

पेस्तोल र २० राउण्ड गोलीसहित ‘मुनाल’ पक्राउ

ललितपुरका २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई स्वचालित पेस्तोल दुई थान र गोली २० राउण्डसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
प्रतिनिधिमुलक फायल फोटो : वेब

 

काठमाडौं । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सुरक्षा जाँच चौकीबाट हतियार र गोलीसहित आज एक जना पक्राउ परेका छन् ।

ललितपुरका २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई स्वचालित पेस्तोल दुई थान र गोली २० राउण्डसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

धादिङबाट काठमाडौँ आउँदै गरेको बा२ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोलामा पेस्तोल र गोली फेला परेको हो । साथै, लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारवाही तथा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा