मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

रियाल म्याड्रिडको लिगमा शानदार सुरुवात, मड्रिकले रातो कार्ड खाए 

रियाल म्याड्रिडले सेल्टाभिगोलाई ३-१ गोल अन्तरले हराउँदै लिगको शानदार सुरुवात गरेको छ ।
फोटो: रियाल म्याड्रिड

 

एजेन्सी। स्पेनिस ला लिगा अन्तर्गतको पहिलो चरणको खेलमा रियाल म्याड्रिडले सेल्टाभिगोलाई ३-१ को गोल अन्तरले हराउँदै लिगमा शानदार सुरुवात गरेको छ ।

म्युनिसिपल डे बालाइदोस स्टेडियममा रियाल म्याड्रिडलाई जिताउन करिम बेन्जिमा, टोनी क्रुज  र लुकास भास्कुयजले एक-एक गोल गरे । सेल्टाभिगोका लागि एइकर लोसाडाले टिमको लागि एक सान्त्वना गोल गरे । 

खेलकोपहिलो हाफको इन्जुरी समयको १२ औं मिनेटमा बेन्जिमाको गोलबाट  रियालले अग्रता लिएको थियो। अर्को गोल भने खेलको दोस्रो हाफको ६१ औं मिनेटमा क्रुजले गर्दै आफ्नो टिमलाई २-० अगाडि बढाए । सेल्टाभिगोका एइकर लोसाडाले खेलको इन्जुरी समयको ९१ औं मिनेटमा गरे। 

खेलको ५६ औं मिनेटमा रियालका लुका मड्रिकले खराब ट्याक्कल गरेपछि रातो कार्ड खाँदै खेल मैदान छाड्नु परेको थियो। दश खेलाडीमा सिमित हुनु परे पनि रियलले राम्रो टिम वर्क गर्दै खेल सहजै जितेको हो। 

खराब प्रि-सिजनबाट गुज्रेको रियलले लिगमा भने सुखद सुरुवात गरेको छ।  यो जितले हिजो आफ्नो पहिलो लिगको खेल हरेको साबिकको बिजेता बार्सिलोना विरुद्द फाइदा भएको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा