मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

मुन्दुम अनुसन्धानका लागि बैरागी काइँलालाई 'जगदम्बाश्री' पुरस्कार 

बैरागी काइँलालाई लिम्बू भाषा तथा मुन्दुम संस्कार र संस्कृतिको अनुसन्धानका लागि जगदम्बाश्री दिने निर्णय गरेको हो।

 

काठमाडौँ। मदन पुरस्कार गुठीले बैरागी काइँला (तील विक्रम नेम्वाङ्ग) लाई लिम्बू भाषा तथा मुन्दुम संस्कार र संस्कृतिको अनुसन्धानका लागि जगदम्बाश्री दिने घोषणा गरेको छ। 

आज बसेको सो गुठीको साधारणसभाले तेस्रो आयाम साहित्यक अभियानका एक आरम्भकर्ता भएको र  लिम्बू भाषा तथा मुन्दुम संस्कार र संस्कृतिको अनुसन्धानका लागि जगदम्बाश्री दिने निर्णय गरेको हो।

''लिम्बू भाषा तथा मुन्दुम संस्कार र संस्कृतिको अध्ययन तथा अनुसन्धान र अभिलेखिकरण गरि नेपाली वाङमयको सम्रिद्दिमा उल्लेखनीय योगदान गर्नु भएकाले वर्ष २०७६ सालको जगदम्बा-श्री अर्पण गर्ने निर्णय गरियो'', प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ। 

त्यसै  ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

दुबै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ । यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएको हो ।गुठीले २५७ कृतिमध्येबाट ‘मदन पुरस्कार २०७५’ का लागि सात कृति छनोट गरी सिफारिस गरिएको थियो ।

अन्तिम छनोटमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ पुरस्कारका लागि सिफारिस भएका थिए ।

पुरस्कार असोज ३ गते वितरण गरिनेछ ।

प्रेस विज्ञप्ती:

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा