मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

रवि लामिछानेसहित तीनै जना हिरासतमै रहने, ५ दिन म्याद थपियो

जिल्ला अदालत चितवनले प्रहरीलाई प्रस्तोता लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई पुनः ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन मंगलबार अनुमति दिएको हो । 

 

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणका अभियुक्त टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई थप ५ दिन हिरासतमा राखिने भएको छ ।

जिल्ला अदालत चितवनले मंगलबार (आज) प्रहरीलाई लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु भनिने नर्स अस्मिता कार्कीलाई पुनः ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । 

यसअघि गत साउन ३१ गते अदालतले उनीहरुलाई तीनै जनालाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, प्रहरीले ५ दिनभित्र पत्रकार कँडेलसँग लिखित र कार्कीसँग भिडियो बयान लिइएको र रवि लामिछानेसँग प्रारम्भिक बयानमात्रै लिएको बताएकाे छ ।

प्रहरीले थप बयान र अनुसन्धानको लागि पक्राउ गरेको छैठौँ दिन आज म्याद थपको लागि तीनै जनालाई अदालतसमक्ष उपस्थित गराएपछि अदालतले पुनः ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गरेको भिडियोमा रवि लामिछाने लगायतकाले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।

आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले गत बिहीबार तीनै जनालाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ भने काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबि)को विशेष अनुुसन्धान टोली पनि खटिएको छ ।

यो पनि पढ्नुस्
पुडासैनी मृत्यु प्रकरणमा अहिलेसम्मको विकसित घटनाक्रम:-

माउण्टेन टिभीमा कार्यरत पत्रकार पुडासैनी मृत भेटिए
रवि लामिछानेसहित ३ जना पक्राउ
रवि लामिछानेसहित तीन जनालाई पाँच दिन हिरासतमा राख्न म्याद थप 
रवि लामिछानेको रिहाईको माग गर्दै चितवनमा प्रदर्शन
चितवनमा प्रहरीमाथि ढुङ्गा हान्ने रवि लामिछानेका पाँच समर्थक पक्राउ
पुडासैनी मृत्यु प्रकरण: ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’
अनुसन्धान ब्यूरोको विशेष टोली चितवन पुग्यो 
पोस्टमार्टम, फरेन्सिक ल्याब रिपोर्ट र भिडियो प्रमाणित 
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा