मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

मलाई मेस्सीले उत्कृष्ट बनाए, हामी सगैँ डिनर लिनेछौँ : रोनाल्डो

दुवैले स्पेनमा झन्डै एक दशक लामो समय सँगै खेले पनि उनीहरु बिचमा सौहार्दपुर्ण सम्बन्ध भने देख्न पाइएन।  
फायल फाेटाे: एएफपी

 

काठमाडौं । आधुनिक फुटबलको इतिहासमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पोर्चुगल (कप्तान) तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोबिच को महान भन्ने प्रश्न निरन्तर चलिरहने छ।

बुधवार (हिजो)मात्रै रोनाल्डोले आफुलाई मेस्सीले 'उत्कृष्ट बन्न' सहयोग गरेको र उनीसँगको स्वस्थ प्रतिस्पर्धा सधैँ रूचाउने बताए । यधपि, स्पेनमा झन्डै एक दशक लामो समयसँगै खेलेपनि उनीहरु बिचमा सौहार्दपूर्ण सम्बन्ध भने देख्न पाइएन ।  

रोनाल्डोले  टिभीआइसँग पोर्चुगलमा भनेका छन्, ''म साँच्चै उनको लोभलाग्दो करियरको प्रशंसा गर्छु । र, मैले स्पेन छाडेर इटाली आएपछि हामीबीचको स्वच्छ प्रतिस्पर्धा हुन् नपाउने कुरामा उनले पनि दुख व्यक्त गरिसकेका छन्।''

रोनाल्डोले अगाडी भनेका छन, ''स्वच्छ होडबाजी हुनु सामान्य हो, त्यो बास्केटबलमा माइकल जोर्डनको थियो। फर्मुला वनमा आयर्टन सन्ना र एलैन प्रोस्ट बिचमा पनि थियो।''

मेस्सी र रोनाल्डो दुबैले ५/५ पटक 'बालोन दि ओर' जितेका छन् । 'बालोन दि ओर'ले पनि उनीहरुबीचको चिर–प्रतिस्पर्धा झनै बढाइदियाे । 

रोनाल्डोले मेस्सीसँग चिर–प्रतिस्पर्धा स्वीकार्दै भनेका छन्, ''म बिना संकोच यो भन्न सक्छु कि मलाई एउटा उत्कृष्ट खेलाडी बन्नमा मेस्सीले भूमिका खेलेका छन् जुन कुरा मेस्सीको हकमा पनि लागु हुन्छ।  मैले ट्रफी जित्दा पक्कै उनलाई केहि न केहि अनुभूत हुन्छ र उसले जित्दा मलाई पनि त्यस्तै हुन्छ ।'' 

उनले थपे, ''हामीले आजसम्म पनि सँगै 'डिनर' सम्म गरेका छैनौँ । तर, यो भविष्यमा किन हुन्न होला र ? म त यसमा कुनै समस्या देख्दिन।''
 

(यो समाचार फ्रान्सको एएफपी समाचार एजेन्सीबाट लिइएको हो। )

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा