मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

दरसँगै लागुऔषधविरुद्ध सचेतना

एउटा दर खानेको, अर्को दुव्र्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रमको आयोजक थिए, क्षेत्री महिला समाज र जिल्ला प्रहरी कार्यालय बागलुङ ।
प्रतिनिधिमुलक फायल फोटो: वेव

 

बागलुङ । सभाकक्ष खचाखच थिए । मञ्चपट्टि थिए सांसददेखि प्रहरी अधिकारीसम्म  भित्तामा दुई ब्यानर देखिन्थे । एउटा दर खानेको, अर्को दुव्र्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रमको आयोजक थिए, क्षेत्री महिला समाज र जिल्ला प्रहरी कार्यालय बागलुङ ।

तीजको मुखैमा बिहीबार समाजले महिला दिदीबहिनीलाई दर मात्र खुवाएन, लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना पनि जगाए । दरखाने कार्यक्रमलाई रचनात्मक बनाएकामा सहभागीले रुचाए पनि । प्रहरीले गत साता शुरु गरेको दुव्र्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ लक्षित वर्गमा पुराउन उक्त कार्यक्रम पनि एक माध्यम भएको छ ।

तीजका बेला शहरतिर दैनिकजसो भइरहने दरखाने कार्यक्रममध्येमा सो कार्यक्रम सन्देशका हिसाबले भिन्न बन्न पुगे । दरखाने कार्यक्रम तडकभडकपूर्ण र खर्चिलो भए भन्नेजस्ता आलोचनाबाट क्षेत्री महिला समाज केही हदसम्म भए पनि बचाए । क्षेत्री पोशाकमा सजिएर आएका सयौँ महिला एकापसमा तीजको शुभकामना बाँडे, दर खाए, नाचे र दुव्र्यसनीविरुद्ध ज्ञान तथा सचेतना लिएर फर्के । “शुरुमा दरखाने कार्यक्रम मात्र बनेका थिए, पछि प्रहरीसँग मिलेर सचेतना कार्यक्रम पनि गरे”, समाजका अध्यक्ष शिवकला थापाले भनीन् ।

दरखाने कार्यक्रममा प्रहरी प्रमुखलाई निम्ता गर्न जाँदा उक्त कार्यक्रम गर्ने प्रस्ताव आएको उनकी भनाइ छ । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले लागुऔषध दुव्र्यसनीबारे सहजीकरण गरे । विद्यालय उमेरका बालबालिका र युवामा लागुऔषध दुव्र्यसनीको समस्या बढिरहेको भन्दै आमा र अभिभावकहरु सचेत हुनुपर्नेमा उनले जोड दिए ।

दुव्र्यसनीविरुद्धका सचेतनामूलक अभियानलाई थप प्रभावकारी र जनमुखी बनाउन ‘आमासँग प्रहरी कार्यक्रम’ सञ्चालन गरिएको प्रहरीको भनाइ छ । घरकै सदस्यमा दुव्र्यसनीको समस्या भए नलुकाउने, गोप्य सूचना दिनेजस्ता कुरामा आमाहरुले सघाउने प्रहरीको विश्वास छ । 

“दुव्र्यसनीको पीडा शुरुमा आमा र परिवारलाई पर्ने हुँदा अभियानमा आमाहरुबाट सकारात्मक सहयोग मिल्नेमा हामी विश्वस्त छौं”, प्रहरी उपरीक्षक भट्टले भने, “कार्यक्रमबाट दुव्र्यसनीको पहिचान, उपचार, सुधार र कानूनी प्रक्रियामा सहजता थपियोस् भन्ने हाम्रो उद्देश्य हो ।”

प्रहरीले लागुपदार्थ सेवन गरे/नगरेको जाँच्न ‘किट’ प्रयोगमा ल्याएकाले त्यस्तो जाँचमा पनि अभिभावकले सघाउनुपर्ने जनाएका छन् । समुदाय–प्रहरी साझेदारीअन्तर्गत दुव्र्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’ सञ्चालन ल्याइएको हो । 

कार्यक्रममा बोल्दै सङ्घीय सासंद मनकुमारी केसीले दुव्र्यसनीविरुद्ध महिला अगाडि आउनुपर्ने बताए । उनले तीज पर्वलाई महिलाको हक, अधिकार र एकतासँग जोडेर हेर्नुपर्नेमा जोड दिए । सांसद केसीले मञ्चबाट तीज गीत गाउँदा सहभागी महिलाले पनि गाएर र नाचेर साथ दिएका थिए ।

क्षेत्री समाज बागलुङका अध्यक्ष बाबुराज कार्कीले क्षेत्री महिला समाजको क्रियाशीलताको प्रशंसा गरे । उनले दरखाने कार्यक्रमलाई महिला समाजले सार्थक बनाएको प्रतिक्रिया दिए । महिला समाज क्षेत्री समाज बागलुङको भातृ समाज हो । दरखाने कार्यक्रमका लागि क्षेत्री समाज र स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था बागलुङले आर्थिक सहयोग उपलब्ध गराएका थिए । क्षेत्री महिला समाजले हिजै साँझ मानव सेवा आश्रम बागलुङमा आश्रित व्यक्तिलाई समेत दर खुवाएका थिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा