मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

तरकारीले बदलियो मीनाकाे पहिचान

लबर्दियाको बारबर्दिया नगरपालिका–१० मा जन्मिएकी मीना थारुले बाँकेलाई कर्मथलो बनाएको १८ वर्ष भएको छ ।
प्रतिनिधिमुलक फायल फोटो: वेव

 

धम्बोझी । लबर्दियाको बारबर्दिया नगरपालिका–१० मा जन्मिएकी मीना थारुले बाँकेलाई कर्मथलो बनाएको १८ वर्ष भएको छ । ४० वर्षीया थारुको पढाइलेखाइ नभएपनि उनमा हरेक काम र सीप ग्रहण गर्ने राम्रो क्षमता छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१३ बस्दै आएकी मीनाले जिल्लामै सफल महिला कृषकको रुपमा पहिचान बताएकी छन् । उनको बारीमा थरीथरीको तरकारी देख्न सकिन्छ । विसं २०६९ बाट तरकारीको व्यावसायिकतामा लागेकी थारूलाई अहिले भ्याइनभ्याइ छ ।

आफ्नो जग्गामा र अरुसँग केही जग्गा भाडामा लिएर उनीले तरकारी खेती गरेकी छन् । एउटै याममा तरकारी बेचेर रु दुई लाख कमाउन सकेको उनले बताइन् । मौसमी र बेमौसमी तरकारी लगाउने गरेकीले वर्षैभरि बारीमा तरकारी हुने गर्दछ । उनी भन्छिन्, ‘‘मलाई वर्षभरि नै तरकारीले व्यस्त बनाएको छ । यसबाट कमाइ पनि राम्रै भएको छ ।’’ 

उनी आफैँ पनि टाउकोमा छिट्नी बोक्दै तरकारी बेच्ने गर्छिन् । आफूले विषादीरहित तरकारी उत्पादन गरेको भन्दै उनी आफूले उत्पादन गरेको तरकारीको प्रचारसमेत गर्छिन् । कोही घरमै तरकारी किन्न आउने गर्छन् । 

मेला, हाटबजारमा उनीले बाटो बाटोमा तरकारी बेच्छिन् । घरमै बसेर तरकारी खेती गर्दा राम्रो कमाइ भएकाले लौका, फर्सी, भिण्डी, साग, भण्टा, सिमी, करेला, बोरी, खुसार्नी  लसुन, प्याज, च्याउलगायत अन्य विभिन्न प्रकारका तरकारी लगाएकाले उन्की बारी वर्षैभरि हरियाली हुने गर्दछ ।

बजार मूल्यभन्दा सस्तोमै आफूले गुणस्तरीय तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेकाले पछिल्लो पटक तरकारीको माग अझै बढ्दै गएको उनको भनाइ छ । अन्य महिलालाई पनि तरकारीखेती गरेर व्यावसायिक बन्न आफूले प्रेरणा दिएकी छन् ।  रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा