मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

'मिस टिन अफ दि इयर: २०१९' को ताज प्रतिभा राईले जितिन्

त्यस्तै 'पब्लिक च्वाइस विनर' बनेकी नेहा धितालले 'मोस्ट पपुलर' र 'मोस्ट फोटो जेनिक' सहित 'फस्ट रनर अप' भइन् भने श्रीबिना राईले 'फेसबुक च्वाइस' सहित 'सेकेण्ड रनर अप' बन्न सफल भइन्। 
मिस टिन अफ दि इयर-२०१९ प्रतिभा (रानी) राई सहित फस्ट रनर अप नेहा धिताल र सेकेण्ड रनर अप श्रीबिना राई। फोटो: मिस टिन अफ दि इयर

 

काठमाडौँ । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका-७ देउसाकी प्रतिभा (रानी) राई 'मिस टिन अफ दि इयर-२०१९' को ताज हात पार्न सफल भएकी छिन्।  

काठमान्डौंको जमलस्थित राष्ट्रिय नाचघरमा शनिवार(हिजो) सम्पन्न प्रतियोगीतामा अन्य ६ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रतिभाले उपाधीमा कब्जा जमाएकी हुन् ।

रिबन इन्टरटेन्टमेन्टले आयोजना गरेको यस प्रतियोगिताको फाइनल चरणमा रहेका उनीसहित सात जनामध्ये 'मोष्ट युट्युब भ्यूज' र 'मिस ट्यालेण्ट' को उपाधी समेत प्रतिभाले जितेकी छन् ।

'मिस टिन अफ दि इयर-२०१९' प्रतिभा (रानी) राई उपाधी जितेपछि।  

त्यस्तै 'पब्लिक च्वाइस विनर' बनेकी नेहा धितालले 'मोस्ट पपुलर' र 'मोस्ट फोटो जेनिक' सहित 'फस्ट रनर अप' भइन् भने श्रीबिना राईले 'फेसबुक च्वाइस' सहित 'सेकेण्ड रनर अप' बन्न सफल भइन्। 

सोलुखुम्बुलाई प्रतिनिधित्व गर्दै सहभागीता जनाएको बताएकी राईले उपाधी पाएपछि आफ्नो रुची र लक्ष्य मात्र नभई आफ्नो गाउँठाउँको पहिचान जोगाउँन लाग्ने प्रतिक्रिया दिईन् ।

 

अन्य विधाका विजेताहरु: 

फेसबुक च्वाइस: श्रीबिना राई
वेस्ट र्याम्पवाल्क: साम्रगी पोख्रेल 
मिस ट्यालेन्ट: प्रतिभा राई 
वेस्ट स्माइल: प्राश्ना राई 
वेस्ट हेयर: नेहा खातुन 
वेस्ट स्किन: साम्रगी पोख्रेल
मोस्ट फोटो जेनिक: नेहा धिताल
वेस्ट डान्स: सलिना राई 
मोस्ट पपुलर: नेहा धिताल
मोष्ट युट्युब भ्यूज: प्रतिभा राई 
प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा