मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

बाल गायक प्रिन्सको ‘बाबा’ सार्वजनिक [भिडियो]

गायक सिलवाले यसअघि दशै मनाउने हो, न  मानामा नापिन्छ मायाँ लगायतका गीत सार्वजनिक गरेका छन ।  

 

काठमाडौं । बाल गायक प्रिन्स सिलवालको बाबा नामक एकल म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कवि, गीतकार एंव पूर्व अर्थमन्त्री शंकरप्रसाद (एसपी) कोइरालाले १२ बर्षिय बालक प्रिन्स सिलवालको स्वरमा रहेको उक्त गीतलाई युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

भवनी अधिकारीले सृजना गरेको गीतमा सन्तान सानै भएता पनि बुबाको संघर्षप्रति कति ख्याल राखेको हुन्छ भन्ने बिषय समाबेश छ । साथै, परिवारमा परेको बज्रपात र बाल मस्तिष्कमा पर्ने प्रभावलाई उठाएर तयार गरिएको गीतमा प्रिन्स सिलवालको स्वर छ भने प्रेम घिमीरेले संगीत भरेका छन ।

गीत सार्वजनिक कार्यक्रममा गीतकार कोइरालाले बाबा नामक गीतमार्फत गायक प्रिन्सको बाल प्रतिभाको प्रष्फुठनमात्र नभएर बाबाप्रति सन्तानको सम्मान पनि उजागर भएको बताए ।

बरिष्ठ अभिनेता सरोज खनालले कलाकारितामा अब पुस्ता हस्तान्तरणको सहि संस्कार बसेको स्मरण गराउदै प्रतिभावान नवकलाकारहरुको उपस्थिती संगित उद्योगकं गर्वको बिषय भएको बताए ।

कार्यक्रममा डा.हरी सिलवाल, शिक्षाकर्मी मुना सिलवाल बरिष्ठ पर्यटन व्यावसायि केशव पाण्डे लगायतले सन्तानको प्रतिभा अभिभावको प्रेरणा बिना सार्वजनिक हुन नसक्ने भन्दै यस्ता कार्यमा प्रोत्साहन गर्नु पर्नेमा जोड दिए । अध्ययनका अलवा यस्ता गतिबिधिमा बालबालिकाको संलग्नताले बाल मतिष्कमा थप सकरात्मक प्रभाव पर्ने भन्दै कार्यक्रमका बक्ताहरुले सन्तानको प्रतिभा मर्न नदिन आम अभिभावकहरुमा अपिल गरे ।

चितवन स्थायि घर भएका बालगायक सिलवालको यो तेस्रो गिती संग्रह हो । बरिष्ठ अभिनेता सरोज खनाल र गायक प्रिन्सको अभिनय रहेको यस गीतको भिडियो भने राजेन्द्र पाण्डेले निर्देशन गरेका हुन । उक्त गितको निर्माता प्रतिभा पाण्डे सिलवाल हुनुहन्छ । गायक सिलवाले यसअघि दशै मनाउने हो, न  मानामा नापिन्छ मायाँ लगायतका गीत सार्वजनिक गरेका छन ।  गीतका अवला उनले थुप्रै नाटकमा समेत अभिनय गरिसकेका छन् ।

भिडियो हेर्नुस्

प्राप्त प्रतिकृयाहरू
Durga लेख्नुहुन्छ २०७६ भदौ ९ सोमबार ८:५८ pm

Outstanding

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा