माकुराको प्रेरणाले चरा जोगाउने सिसा बन्यो ! [भिडियो]

वैज्ञानिकहरुको अनुसार चराबाट जोगाउन माकुराले आफ्नो जालो बनाउँदा विशेष उपाय अपनाउछ । त्यसका लागि माकुराले चराले देख्ने पराबैजनी किरण परावर्तन गर्ने रेसा बनाउँछ ।

 

बीबीसी। वैज्ञानिकहरुको अनुसार चराबाट जोगाउन माकुराले आफ्नो जालो बनाउँदा विशेष उपाय अपनाउछ । त्यसका लागि माकुराले चराले देख्ने पराबैजनी किरण परावर्तन गर्ने रेसा बनाउँछ ।

माकुराको यसै विधिबाट उत्प्रेरित भएर एकजना प्रकृतिप्रेमीले चरालाई सिसाबाट जोगाउने उद्देश्यले विशेष किसिमको सिसाको विकास गरेका छन् ।

झ्यालबाट ठोकिएर दशौँ लाख चराहरु प्रत्यक वर्ष मर्ने गर्छन् । उनीहरु सिसा छ भन्ने छुट्याउन सक्दैनन् वा प्रतिविम्बबाट अन्योलमा पर्छन् । बीबीसीका अनुसार केहि वर्षअघि एक प्रकृतिप्रेमी व्यक्तिले माकुराहरुले आफ्ना जालो कसरी सुन्दर बनाउँछन्, भन्नेबारे अध्ययन गरे ।

वैज्ञानिकका हनुसार माकुराले बनाउने रेसाले परावैजनी प्रकाशलाई मानिसले नाङ्गो आँखाले देख्न सक्दैन  । तर, चराहरुले सजिलै परावैजनी प्रकाश देख्न सक्छन् । त्यहि कारण चराहरुले माकुराको जालो विगार्दैनन् भन्ने वैज्ञानिकहरु ठान्छन् । 

माकुराको यसै विधिबाट प्रोत्साहन हुँदै ती प्रकृतिप्रेमी वैज्ञानिकले सिसा उत्पादकसँग मिलेर परावैजनी किरण (यूभी) परावर्तन गर्ने तत्व लेपन गरिएको झ्यालको विकास गर्ने काम गरे ।

उनले यसको नमुना परिक्षणका लागि एउटा सुरुङमा पराबैजनी लेपन लगाइएको सिसा राखेर चराहरु पठाइएको थियो । तर, चरा सिसाबाट नगई अर्को प्वालमा राखिएको जालीबाट उड्यो । चरालाई सिसामा ठक्कर खानबाट रोक्यो ।

बीबीसीका अनुसार ती परिक्षण एक हजारभन्दा बढी पटक गरिएको थियो । तर, सबै परिक्षणमा चराहरु पराबैजनी लेप लगाएको भन्दा नलगाएको सिसातर्फ गएको देखायो ।

माकुराको जालबाट उत्प्रेरित भएर बनाइएको सिसाबाट संसारभरि चराहरु जोगिन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

भिडियो हेर्नुस्

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा